

दैलेखमा कसरी चुँडियाे झोलुङ्गे पुलको लट्ठा ? भारिसहितका खच्चर झुन्डिइरहे !



काठमाडौं । दैलेखको आठबीस नगरपालिकामा झोलुङ्गे पुलको लट्ठा चुँडिदा खच्चरहरू अड्किएपछि नेपाली सेनासहितको टोली उद्धारको लागि घटनास्थलतर्फ गएका छन् ।
आठबीस – ४ खिड्किज्युला र अछामको विनायक नगरपालिका– ९ चिल्तडा जोड्ने पुलको लट्ठा चुँडिएपछि अड्किएका खच्चरको उद्धारको लागि दुवै जिल्लाबाट प्रहरी टोली घटनास्थल गएका छन् ।
दैलेखबाट नेपाली सेनासहितको टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रशासन कार्यालय अछामका सूचना अधिकारी सन्तोष विकले नेपालभ्युजलाई बताए ।
उनले भने, ‘‘घटनास्थल सदरमुकामबाट झन्डै ५० किलोमिटर टाढा छ । यसैले सेनाको उद्धार टोली जान समय लाग्छ । नजिकका प्रहरी चौकीबाट प्रहरी पनि गएका छन् ।’’
लट्ठा चुँडिदा झोलुङ्गे पुलमा १४ खच्चर अड्किए
इलाका प्रहरी कार्यालय राकम कर्णाली, काले डाँडाका प्रहरी टोली घटनास्थल गएका छन् ।
घटनास्थलमा पुलमा यात्रारत १४ खच्चर पुलमै अड्किएका छन् । तिनीहरूको अवस्था जोखिमपूर्ण छ । बिहान साढे १० बजेदेखि भारिसहितका खच्चर झुन्डिइरहेका छन् ।


खबर सबै
-
दाङमा रहेको चमेरे गुफा सुनसान
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया