छुवाछूत उन्मुलन दिवसकाे अवसरमा धर्मगुरु पन्त सम्मानित

छुवाछूत उन्मुलन दिवसकाे अवसरमा धर्मगुरु पन्त सम्मानित

। रामबहादुर गन्धर्व ।- नेपालकाे १८औं छुवाछूत उन्मुलन दिवसका अवसरमा रूपन्देही बुटवलका सामाजिक अभियानकर्मी तथा धर्म गुरु भीमकान्त पन्त सम्मानित भएका छन् । मओबादी केन्द्र निकट नेपाल दलित मुक्ति माेर्चा रूपन्देहीले साेमबार बुटवलमा आयोजना गरेको कार्यक्रममा दाेसल्ला ओढाएर सम्मान गरेको छ।

तिलाेत्तमाकाे जानकी नगर निवासी पन्तले बिगत लामाे समयदेखि धार्मिक अभियान चलाएर जातीय छुवाछूत अन्त्यका लागि प्रयासरत रहेका थिए। उनलेे धर्मशास्त्रमा बिभेदकाे बिषयमा कहिंकतै उल्लेख नभए पनि हिन्दु समुदायमा छुवाछूत कायम रहेको अवस्थामा यसको अन्त्यका लागि धार्मिक जागरण आवश्यक रहेको भन्दै उनलेे विभिन्न धार्मिक कार्यक्रमहरू गर्द आइरहेका छन् ।

जातीय विभेद अन्त्य गर्न राजनीतिक क्षेत्रबाट मात्रै नभई धार्मिक क्षेत्रबाट पनि अभियान सञ्चालन गर्नुपर्छ भन्ने मान्यताका साथ सम्मान गरिएको कार्यक्रमका संयाेजक पदम बहादुर बि.क.ले जानकारी दिए। साे अवसरमा बाेल्दै अभियानकर्मी पन्तले जातीय विभेद कुनै बेद,धर्मशास्त्रमा उल्लेख नभई सामन्त वर्गले शाेषणका लागि बनाएको हतियार भएकाले यसका बिरूद्व सबैले बिद्रोह गर्नुपर्ने आवश्यक रहेको बताए । वेदमा कतै पनि जातको बारेमा उल्लेख नभएको स्मरण गर्दै शासन गर्न सामनाहरूले बहुसंख्यक मानिसलाई उल्लेख बनाएको बताउदै आफुले तीन दशक अघिदेखि नै अन्तरजातीय बिवाहा गराउदै आएको र सनातन परम्परा अनुसार बिवाहा गर्दा नपर्ने बताए ।

।माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रूपन्देहीका इन्चार्ज बामदेव क्षेत्रीले दलित समुदायमा सामाजिक आर्थिक तथा राजनितिक बिकास गर्न सके विभेद अन्त्य गर्न सकिने बताए ।बिभेदकाे प्रमुख कारण सामाजिक ब्यवस्था भए पनि यसको पछाडि चेतनाको स्तरले पनि प्रमुख भुमिका खेलेको उनकाे ठम्याइ छ। बिभेदका बिरूद्व माओवादीले दश बर्ष जनयुद्ध लडेको स्मरण गर्दै अहिलेकाे सामानुपातिक राज्य ब्यवस्थाकाे जस माओवादीले पाउनुपर्ने बताए । माओवादी केन्द्रका रूपन्देही सह-इन्चार्ज किस्मत बिक.ले सम्पूर्ण अधिकार सिंह दरबारमा रहेकाले अब दलित समुदायले सिंह दरबार प्रवेश गर्ने तयारीमा लाग्नुपर्नेमा जाेड दिदै उनलेे राजनितिक अधिकार प्राप्त नभए सम्म विभेद अन्त्य नहुने बताउदै नेता बिश्वकर्माले अधिकार प्राप्तिका लागि एक्यवद्धता हुन सबैलाई आग्रह गरे।

केन्द्रका लुम्बिनी प्रदेश सचिवालय सदस्य सुजित बिक.ले सामाजिक परिवर्तनका लागि दैनिक ब्यवहारमा परिवर्तन हुन आवश्यक रहेको बताए ।त्यस्तै कार्यक्रममा बाेल्ने बक्ताहरूले जीवनमा देखिने गरि परिवर्तन नभए सम्म मान्य नहुने बताउदै बिभेदमा परेका हरेक तह,तप्काका वर्ग ,क्षेत्र र समुदाय एकताबद्व भएर अघि बढनु पर्नेमा जाेड दिए।

कार्यक्रममा नेपाल पत्रकार महािसंघ रूपन्देही सचिव बिनाेद परियार ,संघका काेषाध्यक्ष सञ्जय बिश्वकर्मा ,दलित पत्रकार संघ रूपन्देही अध्यक्ष टंक सुनार ,इन्सेक रूपन्देही प्रतिनिधि रिमा बिसि.लगाएतले बाेल्दै २१औं शताब्दीमा पनि जातीय विभेद तथा छुवाछूतका घटना कायमै रहनु लाजमर्दो बिषय भएको बताउदै ।बिभेदका बिरूद्व शिक्षित बर्ग अग्रसर भएर लागनु पर्नेमा उनिहरूकाे जाेड रहेको थियो ।

प्रतिक्रिया

खबर सबै