

विश्वकप प्रतिस्पर्धामा ‘रोहित’ कान्छा कप्तान !


जून महिनाको ४ तारिखमा द नेदरल्यान्डस् विरुद्धको विश्वकपको पहिलो खेलमा कप्तानी गर्दा रोहितको उमेर २१ वर्ष ९ महिना २ दिनको हुनेछ।
अधिकांश युवा कीर्तिमान रोहितकै नाममा छ। २० वर्षकै उमेरमा एक दिवसीय टोलीको कप्तानी गर्ने कीर्तिमान रोहित कै हो।एसिया कपमा ऐतिहासिक एक दिवसीय प्रतिस्पर्धामा उत्रिँदा पनि रोहित कान्छा कप्तान बनेका थिए ।
उनी १५ वर्ष ३३५ दिनको उमेरमै एक दिवसीय खेल्ने छैटौँ युवा खेलाडी हुन् । कान्छो कप्तान हुनु नै उपलब्धि हुँदै होइन।अझ विश्वकप जस्तो विशाल प्रतिस्पर्धामा त पाका र अनुभवी खेलाडीहरूलाई नै टोलीले कप्तानीमा रोज्ने गर्छन्।
सहभागी अन्य १९ राष्ट्रलाई हेर्ने हो भने प्रायस्ले पाका खेलाडीलाई नै टोलीको जिम्मेवारी सुम्पिएको छ। जस्तै भारतीय टोलीको कप्तानी ३७ वर्षका अनुभवी पाका खेलाडी रोहित शर्माको काँधमा छ।विश्वकपका दाबेदार राष्ट्रहरू इङ्गल्यान्डका जस बटलर ३३ वर्ष, अस्ट्रेलियाका मिचेल मार्स ३२ वर्षका छन्।क्यानडाका कप्तान साद विन जफर र स्कटल्यान्डका रिची बेरिंगटन ३७ वर्षका छन्। पपुवा न्युगिनीका असद भाला ९३६ वर्ष०, न्युजिल्यान्डका केन विलियम्सन र आयरल्यान्डका पाउल स्टर्लिङ ९३३ वर्ष० यस विश्वकपमा अनुभवी कप्तानहरू हुन्।
रोहित पछिका युवा कप्तान भने अफगानिस्तानका रसिद खान र बाङ्ग्लादेशका नाजमुल हुसेन सान्तो हुन्। दुवै २५ वर्षका भए।
कान्छो कप्तान हुनुले विश्वकप जस्तो प्रतिस्पर्धामा देखिने दबाव झेल्न गाह्रो हुने हो कि भन्ने डर कतिपयलाई हुन सक्छ।
राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा भन्छन्, “युवा खेलाडीहरू खुलेर खेल्यो भने त्यसले सकारात्मक नतिजा दिन सक्ने सम्भावना पनि उतिकै रहन्छ।” यी दुवै उदाहरण विश्व क्रिकेटमा देख्न सकिन्छ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया