

शान्तिको कममना गर्दै तिलौराकोटमा दिप प्रज्वलन

रामबहादुर गन्धर्व | राष्ट्रिय दलित पत्रकार संघ नेपालको ५औं स्थापना दिवस जिल्ला शाखा कपिलवस्तुले दिप प्रज्वलन गरि मनाएको छ। संघले शुक्रबार ऐतिहासिक पर्यटकिय स्थल तिलौराकोटमा छुवाछूत तथा सबै किसिमका विभेद अन्त्यसँगै बिश्वभर शान्तिको कामना गर्दै आफ्नो स्थापना दिवस दिप प्रज्वलन गरि मनाएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय दलित पत्रकार सँघका केन्द्रीय सदस्य चिन्ता परियारले समाजमा जरा गाडेको जातीय छुवाछूत अन्त्य गर्न दलितको हक अधिकारका लागि संघले स–शक्त रूपमा आवाज उठाउदै आएको बताए । साथै उनले छुवाछूत समाजका लागि ठुलो अपराध भएको र पुर्खाहरूले बनाएको मान्यतालाई अब दलित पत्रकार संघले अन्त्य गर्नुपर्ने र त्यो अन्त्यका लागि स्थापना दिवसले थप उर्जा प्रदनन गर्ने उनले बताए ।
संबिधानमा जातीय छुवाछूत गर्न नहुने र गरेमा कानुन अनुसार कार्वाही हुने ब्यवस्थालाई ब्यवहारमा ढाल्न सके मात्रै विभेद मुक्त समाज निर्माण गर्न सकिने बताउदै संबिधानले दिएको अधिकार र छुट्याउदै आएको बजेटलाई सरकारले वञ्चित गर्न नहुने कुरामा जोड दिदै दलित भन्ने शब्दबाट बिचलित हुन नहुने समेत धारणा ब्यक्त गरे।
त्यस्तै कपिलवस्तु शाखा अध्यक्ष सम्भु बि.क.ले जातीय विभेद अन्त्य गर्न ,समाज परिवर्तनका लागि एकल प्रयास संभव नभएको हुँदा बिद्यामान रहेको छुवाछूत प्रथा अन्त्य गर्न दलित पत्रकार सँगसँगै अन्य पत्रकारहरूले पनि महत्त्वपूर्ण भुमिका खेल्न आवश्यक रहेको बताउदै छुवाछूत जस्तो जघन्य अपराधलाई अन्त्यका लागि सम्पूर्ण सरोकारवालालाई झकझकाउन जरुरी रहेको बताए ।
दलित पत्रकार संघ जिल्ला शाखाका सचिव सागर बिक.को सञ्चालन रहेको कार्यक्रम संघकी उपाध्यक्ष दिपिका सुनार ,स–सचिव अंशु ढकाल (बि.क.) लगायतको बिशेष उपस्थित ,रहेको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया