

बाणगंगाका विद्यालयमा ६ दिन गर्मी बिदा

कपिलवस्तु । कपिलवस्तु सहित तराई मधेशमा बढेको अत्याधिक गर्मीका कारण पठनपाठनमै समस्या भएपछि बाणगंगा नगरपालिका भित्रका विद्यालय बन्द भएका छन । नगरपालिकाले बिहिवार एक सुचना सार्वजनिक गर्दै गर्मीका कारण जनजीवन प्रभावित भएको र बालबालिकाहरुको स्वास्थ्यमा समेत असर पर्ने भएकाले आगामि २० गतेदेखि २५ गते सम्म नगर भित्रका सम्पुर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।
नगर प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीद्वारा हस्ताक्षरित सुचनामा वर्षे विदाबाट कट्टा हुने गरी आगामी आइतबार देखि शुक्रबार सम्मका लागि ६ दिन विदा दिने निर्णय गरिएको जनाइएको छ ।
पछिल्ला केहि दिन यता बाणगंगा सहित कपिलवस्तु र तराइ मधेशका जिल्लामा अत्याधिक रुपमा गर्मी बढीरहेको छ । आज विहिबार कपिलवस्तुको सदरमुकाम तौलिहवाको तापक्रम ४६, बाणगंगाको ४३ डिग्री सेल्सीयस भन्दा माथि पुगेको छ । तापक्रम ४० डिग्री भन्दा माथि पुगेपछि जनजिवन प्रभावित बनेको छ । गर्मी अझै केहि दिन बढ्ने मौसमविद्धहरुले बताएका छन ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया