

गुल्मीमा आरुबखडा टिप्दा करेन्ट लागेर अर्घाखाँचीका एक युवक घाइते



गुल्मीमा करेन्ट लागेर एक जना युवा घाइते भएका छन् । घाइते हुनेमा अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका–८ नेटाका १६ वर्षीय विजय परियार छन् ।
परियार बिहीबार विहान गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–६ नेटाखर्क बस्ने अर्जुन थापाको बारीको ढिकमा रहेको आरु बखडाको फल टिप्ने क्रममाकरेन्ट लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।
बखडा टिप्ने क्रममा रुखमाथि रहेको बिजुलीको हाइटेन्सन लाइनको तारले छोइएर करेन्ट लाग्दा दाहिने हात, बाँया खुट्टा र छातिमा चोट पुर्याएको प्रहरीले जनाएको छ । परियारलाई उपचारको लागि गुल्मी अस्पतालमा ल्याइएको थियो ।
उपचारको लागि गुल्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पा रिफर भएको प्रहरीले जनाएको छ । घाइते परियार बोल्न नसक्ने अवस्था मध्यम रहेको पोखरेलले बताए ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया