
गुल्मी : बाढीले पुल निर्माणका सामग्रीमा क्षति




गुल्मी : गुल्मीमा बिहीबार भएको वर्षाले पनाहा खोलामा बाढी आउँदा बर्बोट भनभने-पुर्कोट सडकखण्डमा काम गर्ने निर्माण व्यवसायीका सामग्रीमा क्षति पुर्याएको छ । बाढीले सडक विस्तारका क्रममा प्रयोग भएका एसी कन्ट्रकसन प्रालिका २ वटा टिपर, २ वटा इस्काभेटरलगायत साधन बगाएको हो ।
त्यस्तै गएराति भारी वर्षासँगै आएको बाढीले पुल निर्माणको सामानहमा पनि क्षति पुर्याको छ । धुर्कोट गाउँपालिका–१ र ४ जोड्ने पनाहा खोला ठुल्दी भन्ने ठाँउमा निर्माणाधीन पुलका सामानहरु बाढीले बगाएर क्षति पुर्याएको निर्माण व्यवसायीले बताएका छन् । उक्त स्थानमा अन्जना श्रेष्ठ जेभी कन्ट्रक्सन तम्घासले निर्माण गर्दै आएको थियो ।
बाढीले सामग्री बगाएको प्रहरी चौकी धुर्कोटमा खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक बच्छराज यादवको कमाण्डमा २ जनाको टोली खटिएको थियो । प्रहरीले सामग्रीमा क्षति पुगे/नपुगेको बारे विस्तृत अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए ।


खबर सबै
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
-
कपिलवस्तुमा आँप टिप्न जाँदा हाँगो भाँचिएर बालिकाको मृत्यु
प्रतिक्रिया