

पाल्पा जिप दुर्घटनामा दुई जनाको ज्यान गयो, १४ घाइते


पाल्पा – पाल्पामा हिजो बेलुकी भएको जिप दुर्घटनामा दुई जनाको ज्यान गएको छ । १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
हिजो बेलुकी ६ बजे तिर निस्दी गाउँपालिका ४ मतियारडाँडाको भित्री कच्ची सडक खण्डमा भएको दुर्घटनामा निस्दी गाउँपालिका ४ का ६ वर्षीय राजिब सुनारी र २० वर्षीय तेजन सोमैको ज्यान गएको हो ।
नवलपरासी (बर्दघाट, सुस्ता पूर्व ) अरुणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका ३ खादरका लागि छुटेको लु १ ज ३३२४ नम्बरको डवल क्याप पिकअप जिप दुर्घटनामा परेको हो । घाइते सबैको नवलपरासीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
सात वर्षको सफल यात्रामा ‘ई—साझाकुरा’
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने






प्रतिक्रिया