पाल्पा जिप दुर्घटनामा दुई जनाको ज्यान गयो, १४ घाइते

पाल्पा – पाल्पामा हिजो बेलुकी भएको जिप दुर्घटनामा दुई जनाको ज्यान गएको छ । १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

हिजो बेलुकी ६ बजे तिर निस्दी गाउँपालिका ४ मतियारडाँडाको भित्री कच्ची सडक खण्डमा भएको दुर्घटनामा निस्दी गाउँपालिका ४ का ६ वर्षीय राजिब सुनारी र २० वर्षीय तेजन सोमैको ज्यान गएको हो ।

नवलपरासी (बर्दघाट, सुस्ता पूर्व ) अरुणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका ३ खादरका लागि छुटेको लु १ ज ३३२४ नम्बरको डवल क्याप पिकअप जिप दुर्घटनामा परेको हो । घाइते सबैको नवलपरासीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया