

वडा सदस्यद्वारा प्रधानाध्यापकमाथि कुटपिट,


लमही । दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित मावि सिक्टाका प्रधानाध्यापक विष्णु खत्रीलाई वडा सदस्य प्रमोद बस्नेतले कुटपिट गरेका छन् । उनको आँखा, टाउको र हातमा चोट लागेको छ ।
वडानम्बर ७ का अध्यक्ष पुष्कर वलीसँग सोमबार वडा कार्यालयमा छलफल गरिरहेका बेला वडा सदस्य बस्नेतले आफूमाथि कुटपिट गरेको प्रधानाध्यापक खत्रीले बताए ।
प्रधानाध्यापक खत्रीले भने, ‘विद्यालयको विषयमा छलफल भइरहेको थियो । वडा सदस्य प्रमोद बस्नेत वडा कार्यालयमा प्रवेश गर्नुभयो र स्कुलमा नाम लेखाउने विषयमा किन शुल्क उठाएको भनेर प्रश्न गर्नुभयो । विद्यार्थीबाट शुल्क नउठाए विद्यालय कसरी सन्चालन गर्ने भन्नेबित्तिकै ममाथि कुटपिट भयो ।’ उनले सदरमुकाम घोराही गएर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराएको बताए ।
वडा सदस्य बस्नेतले पनि प्रधानाध्यापकमाथि कुटपिट गरेको स्वीकार गरेका छन् । प्रधानाध्याक खत्रीले मुख छोडेपछि हात छोड्न बाध्य भएको बताए । ‘गाउँपालिकाले निःशुल्क शिक्षा लागु गरेको छ तर उहाँले विद्यार्थीसँग किन शुल्क उठाउने ? मेरो प्रश्न यहाँनिर हो ।’
घटनाका प्रत्यक्षदर्शी राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वलीले प्रधानाध्यापकमाथि वडा सदस्य बस्नेतले कुटपिट गरेर गलत गरेको बताए । ‘जनताको प्रतिनिधि भएर प्रधानाध्यापक माथि कुटपिट गर्नु उहाँको नैतिकताले दिँदैन । चित्त नबुझे गाउँपालिका छ, शिक्षा समिति छ, तर शिक्षकमाथि हातपात गरेर गलत गर्नुभएको छ,’ उनले भने । प्रधानाध्यापकमाथि कुटपिट गरेका बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।
अनलाइन खबरबाट ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया