

वडा सदस्यद्वारा प्रधानाध्यापकमाथि कुटपिट,



लमही । दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित मावि सिक्टाका प्रधानाध्यापक विष्णु खत्रीलाई वडा सदस्य प्रमोद बस्नेतले कुटपिट गरेका छन् । उनको आँखा, टाउको र हातमा चोट लागेको छ ।
वडानम्बर ७ का अध्यक्ष पुष्कर वलीसँग सोमबार वडा कार्यालयमा छलफल गरिरहेका बेला वडा सदस्य बस्नेतले आफूमाथि कुटपिट गरेको प्रधानाध्यापक खत्रीले बताए ।
प्रधानाध्यापक खत्रीले भने, ‘विद्यालयको विषयमा छलफल भइरहेको थियो । वडा सदस्य प्रमोद बस्नेत वडा कार्यालयमा प्रवेश गर्नुभयो र स्कुलमा नाम लेखाउने विषयमा किन शुल्क उठाएको भनेर प्रश्न गर्नुभयो । विद्यार्थीबाट शुल्क नउठाए विद्यालय कसरी सन्चालन गर्ने भन्नेबित्तिकै ममाथि कुटपिट भयो ।’ उनले सदरमुकाम घोराही गएर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराएको बताए ।
वडा सदस्य बस्नेतले पनि प्रधानाध्यापकमाथि कुटपिट गरेको स्वीकार गरेका छन् । प्रधानाध्याक खत्रीले मुख छोडेपछि हात छोड्न बाध्य भएको बताए । ‘गाउँपालिकाले निःशुल्क शिक्षा लागु गरेको छ तर उहाँले विद्यार्थीसँग किन शुल्क उठाउने ? मेरो प्रश्न यहाँनिर हो ।’
घटनाका प्रत्यक्षदर्शी राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वलीले प्रधानाध्यापकमाथि वडा सदस्य बस्नेतले कुटपिट गरेर गलत गरेको बताए । ‘जनताको प्रतिनिधि भएर प्रधानाध्यापक माथि कुटपिट गर्नु उहाँको नैतिकताले दिँदैन । चित्त नबुझे गाउँपालिका छ, शिक्षा समिति छ, तर शिक्षकमाथि हातपात गरेर गलत गर्नुभएको छ,’ उनले भने । प्रधानाध्यापकमाथि कुटपिट गरेका बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।
अनलाइन खबरबाट ।


खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति







प्रतिक्रिया