

वैशाखमा मात्रै लुम्बिनी प्रदेशमा आगालागीका ४ सय बढी घटना



बुटवल । लुम्बिनी प्रदेशका १२ जिल्लामा वैशाख महिनामा मात्रै ४२१ आगलागी तथा वन डढेलोका घटना घटेका छन् । यी विपद् घट्नाबाट ५ जनाको मृत्यु, १७ जना घाइते, ४१३ बटा घर क्षति भएका छन् ।
लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज एक सूचना जारी गर्दै उक्त घटनामा ३६४ घरमा पूर्ण क्षति, ४१ घरमा आंशिक क्षति भएको, ३६० वटा गोठ क्षति भएको वैशाख महिनामा मात्रै ४५८ वटा पशु चौपायाको क्षति भएको जनाएको छ । मन्त्रालयका सचिव लालबाबु कवारीले आगलागी तथा वन डढेलोबाट प्रभावित परिवारलाई प्रदेश सरकारबाट त्रिपाल, टेन्ट र पिफर्म उपलब्ध गराइएको बताएका छन् ।
आर्थिक वर्ष २०८१/०८२ मा विभिन्न विपद्बाट प्रभावित परिवारहरूलाई राहत स्वरूप ७२ लाख ९५ हजार र पुनर्निर्माणका लागी एक करोड ९८ लाख ३० हजार गरी जम्मा दुई करोड ७१ लख २५ हजार रकम निकासा गरेर वितरण गरेको मन्त्रालयले जनाएको हो ।
राहत वितरण कार्यलाई थप प्रभावकारी र समन्वयात्मक बनाउन आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थी सहित प्रदेश विद् व्यवस्थापन समितिका पदाधिकारीहरूबाट प्रभावित जिल्ला तथा पालिकाहरूमा स्थलगत भ्रमण तथा अनुगमन भइरहेको सूचनामा जनाएको छ । यस प्रदेशमा रहेका १२ वटा जिल्लाहरूका ९३ वटा नगरपालिका तथा गाउँपालिका प्रभावित भएको मन्त्रालयले विज्ञप्तिमा उल्लेख छ ।
मानिसहरूमा वन डढेलो सम्बन्धी गलत बुझाइ र अवधारणाका कारण पनि पछिल्ला वर्षमा वन डढेलोका प्रकोपहरू बढ्दै गएको निष्कर्षमा मन्त्रालय पुगेको छ । आगलागी तथा बन डढेलो प्रकोप नियन्त्रण गर्न पर्याप्त आधुनिक उपकरण औजारको कमी साथै दक्ष जनशक्तिको अभावले गर्दा समयमै नियन्त्रणमा लिन कठिन भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकार प्रभावित परिवारको सहज बसोबासको व्यवस्था पुरस्थापना तथा पुन निर्माणका लागी सम्बन्धित निकायसँग निरन्तर समन्वय सहकार्य गरी अगाडि बढिरहेको उक्त विज्ञप्तिमा जनाएको छ ।


खबर सबै
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम
-
सरकारले गोरखकाली टायर उद्योग ब्यूँत्याउने, ७ सार्वजनिक संस्थान पीपीपी मोडलमा चलाइने
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम
-
सरकारले गोरखकाली टायर उद्योग ब्यूँत्याउने, ७ सार्वजनिक संस्थान पीपीपी मोडलमा चलाइने
-
शिक्षा मन्त्रालयका लागि सरकारले छुट्यायो २ खर्ब १८ करोड बजेट
-
पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट बिनियाेजन
-
सडक पूर्वाधारका लागि ३७ अर्ब ४६ करोड विनियोजन











प्रतिक्रिया