

गर्मीमा पनि रूघाखोकी लाग्ने गर्छ ?





एजेन्सी । जाडो मौसममा रूघाखोकी लाग्नु सामान्य समस्या हो । तर, गर्मीमा पनि कतिपय मानिसलाई रूघाखोकी लाग्ने गर्छ । आउनुहोस् यसका पछाडिको कारण जानौं ।
यदी तपाईंलाई गर्मी मौसममा पनि रूघाखोकी लाग्ने समस्या हुन्छ भने यसको पछाडि कुलर, एसी, आदिको कारण हुनसक्छ । बाहिरको गर्मीबाट बच्नका लागि मानिसहरू विभिन्न उपकरणहरू प्रयोग गर्दछन् । जसले गर्दा तातो–चिसोको समस्या हुने गर्छ ।
चिसोतातोको समस्याबाट बच्नका लागि तपाईं गर्मीमा आँपबाट बनाइएको शर्वत पिउन सक्नुहुन्छ । यो शर्वतले तपाईंको शरीरको तापक्रमलाई सन्तुलित राख्न सहयोग गर्छ । जसले गर्दा शरीरमा डिहाइड्रेशनको समस्या पनि हुँदैन ।
यदी तपाईंले आफ्नो रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन चाहनुहुन्छ भने तपाईंले आराम गर्नु पनि एकदमै जरूरी हुन्छ । यसका लागि तपाईं दैनिक रूपमा आठ घण्टा अवश्य सुत्नुहोस् । यसरी पनि मौसमी बिमारीहरूबाट बच्न सकिन्छ ।
गर्मीमा धेरै जस्तो समस्या भने डिहाइड्रेशनको हुने गर्छ । त्यसैले प्रशस्त मात्रामा पानी तथा झोलिलो चिजहरू सेवन गर्नुपर्दछ । शरीरमा कमजोरी भएन भने रूघाखोकीको समस्या पनि हुँदैन ।
विशेषगरी गर्मी मौसम सुरु भएसँगै खानेकुराहरूमा रूची पनि कम हुन्छ । जसले गर्दा खाना कम खाँदा शरीरमा पोषक तत्वहरूको कमी हुन थाल्छ । त्यसैले खानपानमा पनि विशेष ध्यान दिनुपर्छ । शरीरमा पोषक तत्वहरूको कमी नहुँदा अन्य रोगहरूले पनि सताउँदैन ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया