

वीर गणेशमानसिंह टी-२० प्रतियोगिताको उपाधी लुम्बिनी प्रदेशले जित्यो



काठमाडौं। लुम्बिनी प्रदेशले पहिलो संस्करणको वीर गणेशमानसिंह टी२० प्रतियोगिता फाइनलमा कर्णाली प्रदेशलाई ३१ रनले हराउँदै उपाधि जितेको छ ।
सोमबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न फाइनलमा ११७ रनको लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमा अल आउट भयो ।
कर्णालीका विपिन शाहीले १८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक २८ रन बनाए । विपिन रावलले ३१ बलमा १ चौकासहित २३ र दीपेन्द्र रावतले १२ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो गर्न सकेनन् ।
लुम्बिनीका स्पिनर अभिषेक गौतमले ३.३ ओभरमा १० रन खर्चेर ५ विकेट लिए । नर सार्कीले २ ओभरमा ७ रन खर्चेर २, देव खनाल र मिर्नल गुरुङले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाउँदै ११६ रन बनाएको थियो । लुम्बिनीका मिर्नल गुरुङले ३० बलमा ३ चौकासहित २७, देव खनाल, आकाश त्रिपाठी र सुनिल भण्डारीले ८–८ रन बनाए ।
विराट भण्डारी २३ बलमा २ चौकासहित २६ र कृष्ण कार्कीले २२ रन बनाए । कर्णाली प्रदेशका युनिस ठकुरीले ४ ओभरमा १७ रन खर्चेर ३, दीवान पुन र दीनेश अधिकारीले २–२ विकेट लिए ।
७ प्रदेश सहभागी प्रतियोगिता राउण्ड रोविनको आधारमा भएको थियो । लुम्बिनी शीर्ष र कर्णाली दोस्रो स्थानमा रहँदै फाइनल खेलेका थिए । समान ८ अंक भए पनि बागमती र मधेश नेटरनरेटको कारण तेस्रो र चौथो स्थानमा रहेर बाहिरिएका थिए ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया