

रोकिएको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा कपिलवस्तु एकको मृत्यु




कपिलवस्तु। कपिलवस्तुमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । शक्रबार बेलुकी कपिलवस्तुको बुद्धभुमि नगरपालिका–९ चम्पापुरमा भएको दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ ।
चम्पापुर जङगलस्थित सडकमा बिग्रिएर रोकी राखेको लु २ त ६९२५ नम्बरको ट्याक्टरमा लु–६६ प ३२९१ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक विजयनगर गाउँपालिका–५ बस्ने ४० वर्षीय राजेन्द्र प्रसाद चौहानको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको संजिवनी अस्पताल चन्द्रौटा हुँदै जिल्ला अस्पताल तौलिहवामा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया