

गहुँ खेतमा लगाएको आगोले कपिलवस्तुमा ५० घरटहरा जलेर नष्ट



कपिलवस्तु । कपिलवस्तु जिल्लामा गहुँ काटेको खेतमा सल्काएको आगो बस्ती क्षेत्रमा प्रवेश गर्दा ५० घर टहरा जलेर नष्ट भएका छन्। जिल्लाको यशोधरा गाउँपालिका र शुद्धोधन गाउँपालिकामा आगलागी हुँदा ५० घर टहरा जलेर नष्ट भएको हो ।
शुक्रबार गहुँको डाँठमा लगाएको आगो बस्तीमा पुग्दा क्षति भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले बताउनुभयो ।
प्रहरीका अनुसार शुद्धोधन–५ घेराउजोत, सानो फुलुवापुर, गदवा, तारानगर क्षेत्रमा आगलागी हुँदा १२ घर गोठ जलेर क्षति गरेको छ । आगलागीका कारण जान मोहम्मद, पराग बरई, सौकत अलि, एलीयास मोहम्मद गद्दी, मोहम्मद हुसेन, जवाहिर मुसलमान, हरिहरप्रसाद यादव, धमल यादव र आकाश यादवको धनमाल नष्ट भएको छ ।
यसैगरी मायादेवी गाउँपालिका–२ अविरावमा आगलागी हुँदा जय सराफ पासी र गुर्देयाल पासीको गोठ जलेर क्षति गरेको छ । यसैगरी यशोधरा गाउँपालिका–१ ठुलो पकडीमा आगो लाग्दा ३० वटा कच्ची र पक्की घर र ६ वटा गोठ जलेर नष्ट भएको जनाएको छ ।
पकडीमा दिउँसो अन्दाजी १ बजेतिर लागेको आगो साँझ ६ बजे नियन्त्रणमा आएको सशस्त्र प्रहरी बल २८ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रामजङ्ग पाण्डेले बताउनुभयो । आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय र कपिलवस्तु नगरपालिकाको दमकल परिचालन गरिएको थियो ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया