

गहुँ खेतमा लगाएको आगोले कपिलवस्तुमा ५० घरटहरा जलेर नष्ट



कपिलवस्तु । कपिलवस्तु जिल्लामा गहुँ काटेको खेतमा सल्काएको आगो बस्ती क्षेत्रमा प्रवेश गर्दा ५० घर टहरा जलेर नष्ट भएका छन्। जिल्लाको यशोधरा गाउँपालिका र शुद्धोधन गाउँपालिकामा आगलागी हुँदा ५० घर टहरा जलेर नष्ट भएको हो ।
शुक्रबार गहुँको डाँठमा लगाएको आगो बस्तीमा पुग्दा क्षति भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले बताउनुभयो ।
प्रहरीका अनुसार शुद्धोधन–५ घेराउजोत, सानो फुलुवापुर, गदवा, तारानगर क्षेत्रमा आगलागी हुँदा १२ घर गोठ जलेर क्षति गरेको छ । आगलागीका कारण जान मोहम्मद, पराग बरई, सौकत अलि, एलीयास मोहम्मद गद्दी, मोहम्मद हुसेन, जवाहिर मुसलमान, हरिहरप्रसाद यादव, धमल यादव र आकाश यादवको धनमाल नष्ट भएको छ ।
यसैगरी मायादेवी गाउँपालिका–२ अविरावमा आगलागी हुँदा जय सराफ पासी र गुर्देयाल पासीको गोठ जलेर क्षति गरेको छ । यसैगरी यशोधरा गाउँपालिका–१ ठुलो पकडीमा आगो लाग्दा ३० वटा कच्ची र पक्की घर र ६ वटा गोठ जलेर नष्ट भएको जनाएको छ ।
पकडीमा दिउँसो अन्दाजी १ बजेतिर लागेको आगो साँझ ६ बजे नियन्त्रणमा आएको सशस्त्र प्रहरी बल २८ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रामजङ्ग पाण्डेले बताउनुभयो । आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय र कपिलवस्तु नगरपालिकाको दमकल परिचालन गरिएको थियो ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया