
बजेट बनाउन केन्द्रको साथ खोज्दै लुम्बिनी सरकार




भालुवाङ । लुम्बिनी प्रदेशमा बनेको नयाँ सरकारले आगामी आर्थिक बर्षको बजेट बनाउन केन्द्रीय सरकारको साथ खोज्न डेलिगेसन जाने भएको छ । बिहिबार बसेको लुम्बिनी प्रदेश मन्त्रीपरिषद्को बैठकले आगामी बर्षको बजेटका लागि लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्रीदेखि वर्तमान मुख्यमन्त्री सम्म तथा अर्थमन्त्री र अन्य मन्त्रीहरु सहितको टोली संघीय सरकारका प्रधानमन्त्री र अर्थमन्त्री सँग भेटघाट गर्ने र बजेट माग गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले मुख्यमन्त्री काठमाडौँबाट नफर्किन्जेल सम्मका लागि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी स्वास्थ्य मन्त्री दिपेन्द्र पुनलाई दिने र विशेष परिस्थिति बाहेक हरेक हप्ताको आइतबार नियमित मन्त्रीपरिषदको बैठक बस्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री दिपेन्द्र पुनले जानकारी दिए । बैठक मुख्यमन्त्री जोखबहादुर महराको अध्यक्षतामा बसेको थियो ।


खबर सबै
-
नारायणघाट–बुटवल सडक : ९०.८७ किलोमिटर सडक भने एकतर्फी कालोपत्र
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
प्रतिक्रिया