

बजेट बनाउन केन्द्रको साथ खोज्दै लुम्बिनी सरकार

भालुवाङ । लुम्बिनी प्रदेशमा बनेको नयाँ सरकारले आगामी आर्थिक बर्षको बजेट बनाउन केन्द्रीय सरकारको साथ खोज्न डेलिगेसन जाने भएको छ । बिहिबार बसेको लुम्बिनी प्रदेश मन्त्रीपरिषद्को बैठकले आगामी बर्षको बजेटका लागि लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्रीदेखि वर्तमान मुख्यमन्त्री सम्म तथा अर्थमन्त्री र अन्य मन्त्रीहरु सहितको टोली संघीय सरकारका प्रधानमन्त्री र अर्थमन्त्री सँग भेटघाट गर्ने र बजेट माग गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले मुख्यमन्त्री काठमाडौँबाट नफर्किन्जेल सम्मका लागि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी स्वास्थ्य मन्त्री दिपेन्द्र पुनलाई दिने र विशेष परिस्थिति बाहेक हरेक हप्ताको आइतबार नियमित मन्त्रीपरिषदको बैठक बस्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री दिपेन्द्र पुनले जानकारी दिए । बैठक मुख्यमन्त्री जोखबहादुर महराको अध्यक्षतामा बसेको थियो ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया