

सिद्धार्थ राजमार्ग पूर्णरूपमा सञ्चालन


बुटवल। सिद्धबाबा सुरुङ खन्न दैनिक ६ घण्टा बन्द हुँदै आएको सिद्धार्थ राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ ।सिद्धबाबा टनेल परियोजनाले शुक्रबार एक सूचना जारी गर्दै यसको जानकारी गराएको छ ।
सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा १६ पुसदेखि दैनिक राति १० बजेदेखि बिहान ४ बजेसम्म राजमार्ग बन्द हुँदै आएको थियो ।सिद्धार्थ राजमार्गमा अहिले मुख्य टनेलसहित स्लोप प्रोटेक्सनको काम जारी छ ।
आयोजनाको पछिल्लो अपडेट अनुसार सिद्धबाबाको उत्तरतर्फबाट २१ मिटर र दक्षिणतर्फबाट ४५ मिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ । बाइपास टनेलतर्फ पहिलो १६ मिटर, दोस्रो ९।३ मिटर र तेस्रो ५।८ मिटर खनिएको छ ।
आयोजनाको यस महिनासम्मको कुल भौतिक प्रगति ११।१५ प्रतिशत पुगेको आयोजनाले जनाएको छ । वित्तीय प्रगति भने १७।५७ प्रतिशत रहेको छ ।


खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ






प्रतिक्रिया