
उपचुनावका लागि आजदेखि आचारसंहिता लागू

काठमाण्डौ : आउँदो वैशाख १५ गते हुने उपचुनावका लागि आजदेखि आचारसंहिता लागू भएको छ । इलाम–२ मा हुने प्रतिनिधि सभा र बझाङ १ (क) मा हुने प्रदेश सभा चुनावका लागि आचारसंहिता लागू भएको हो । आचारसंहिता इलाम र बझाङ जिल्लाभर नै लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
आचारसंहिता आजदेखि चुनाव सम्पन्न नभएसम्म लागू हुनेछ । आयोगका अनुसार स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा चुनाव सम्पन्न लागू गरिएको आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र ती निकायका पदाधिकारी, सङ्घीय कार्यपालिका र सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय र सुरक्षाकर्मी तथा कर्मचारी, राजनीतिक दल तथा दलका भ्रातृ सङ्गठन र उम्मेदवार तथा सम्बन्धती व्यक्तिलगायतलाई लागू हुनेछ । आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्कालै कारबाही हुने आयोगले जनाएको छ ।
इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ १ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा उपचुनाव हुन लागेको हो । निर्वाचन आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको हिजो बसेको बैठकले आचारसंहिताको पालना गर्न जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको छ ।
आयोगले आचारसंहिता पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने चुनाव खर्चको सम्बन्धमा आचारसंहिता विपरीत भएमा तत्काल कारबाही गर्ने निर्णय गरेको छ । यस्तै बैठकले वैशाख २ गतेदेखि मतगणना कार्य सम्पन्न नभएसम्म उपचुनाव हुने जिल्लाभित्र जाँड–रक्सी वितरण तथा प्रयोगलाई नियन्त्रण गर्ने/गराउने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
यस्तै आयोगले उपचुनाव हुने क्षेत्रमा वैशाख १३ र १४ गते विद्यालय बन्द गर्न सरकारलाई आग्रह गरेको छ । मतदान हुने दिन १५ गते शनिवार पर्छ । उपचुनाव अन्र्तगत इलाम–२ मा १९ जना तथा बझाङ–१ (क) मा ११ जनाको उम्मेदवारी कायम भएको छ ।
आयोगले हिजो अन्तिम नामावली सार्वजनिक गरेको हो ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया