

गुल्मीका एक युवाको लेक लागेर कागबेनीमा मृत्यु



गुल्मी : मुस्ताङको कागबेनी तीर्थका लागि पुगेका गुल्मीका एक तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ । मालिका गाउँपालिका-७ घमिरका ६८ वर्षीय कृष्णप्रसाद लम्सालको निधन भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक मिलनबहादुर बीकले बताए ।
गुल्मीबाट तीर्थयात्रा गएका लम्साल आइतबार बिहान कागबेनी धाममा स्नान गर्ने क्रममा बेहोस भएको र कागबेनी स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि मुस्ताङ जिल्ला अस्पताल पुर्याउने क्रममा मृत्यु भएको उनले बताए ।
मृतक लम्साल गुल्मीको घमिरबाट आफन्तहरुसँगै कागबेनी स्नान र पितृहरुको पिण्डदानका लागि गएको आफन्तहरुले बताएका छन् ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया