

बुटवल स्थित कान्ति माविमा आगलागी



बुटवल : बुटवलको कान्ति माध्यमिक विद्यालयमा आइतबार दिउँसो आगलागी भएको छ । विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीका अनुसार विद्यालयको क्यान्टिनमा रेगुलेटरबाट ग्यास लिक भएर आगलागी भएको हो ।
बुटवल उपमहानगरको दमकल बोलाएर आगो नियन्त्रणमा लिइएको ज्ञवालीले जानकारी दिए । दिउँसो करिब साढे ४ बजेको समयमा क्यान्टिनभित्र एक्कासी ग्यास लिक भएर आगलागी भएको थियो । विद्यालयमा रहेको फायर एक्सटिंग्विशर (अग्निशमन यन्त्र)ले निभाउने प्रयास गरे पनि सफल नभएपछि दम्कल बोलाइएको उनले बताए ।
आगलागीबाट केही भौतिक तथा आर्थिक क्षेति भएपनि मानवीय हुनबाट भने बचेको ज्ञवालीले बताए । विद्यालयमा नेपाल आर्मीको समेत परीक्षा सञ्चालन भएको समय परेकाले उनीहरुबाट समेत आगो नियन्त्रणका लागि सहयोग प्राप्त हुँदा थप क्षति हुनबाट जोगिएको उल्लेख गरे ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया