

बुटवल स्थित कान्ति माविमा आगलागी



बुटवल : बुटवलको कान्ति माध्यमिक विद्यालयमा आइतबार दिउँसो आगलागी भएको छ । विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीका अनुसार विद्यालयको क्यान्टिनमा रेगुलेटरबाट ग्यास लिक भएर आगलागी भएको हो ।
बुटवल उपमहानगरको दमकल बोलाएर आगो नियन्त्रणमा लिइएको ज्ञवालीले जानकारी दिए । दिउँसो करिब साढे ४ बजेको समयमा क्यान्टिनभित्र एक्कासी ग्यास लिक भएर आगलागी भएको थियो । विद्यालयमा रहेको फायर एक्सटिंग्विशर (अग्निशमन यन्त्र)ले निभाउने प्रयास गरे पनि सफल नभएपछि दम्कल बोलाइएको उनले बताए ।
आगलागीबाट केही भौतिक तथा आर्थिक क्षेति भएपनि मानवीय हुनबाट भने बचेको ज्ञवालीले बताए । विद्यालयमा नेपाल आर्मीको समेत परीक्षा सञ्चालन भएको समय परेकाले उनीहरुबाट समेत आगो नियन्त्रणका लागि सहयोग प्राप्त हुँदा थप क्षति हुनबाट जोगिएको उल्लेख गरे ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया