

कारागारमा स्वास्थयकर्मी नहुँदा कैदी बन्दीहरुलाई समस्या


कपिलवस्तु : कारागार कार्यालय कपिलवस्तुमा स्वास्थयकर्मी नहुँदा कैदी बन्दीहरुलाई स्वास्थ्य परीक्षण गराउन समस्या भएको छ । कारागारमा विगत चार महिनादेखि दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा सानो समस्याका लागि पनि कपिलवस्तु अस्पताल धाउनुपर्ने बाध्यता भएको हो ।
कपिलवस्तु कारागारमा कैदीबन्दीहरूको स्वास्थ्य परिक्षण गर्नका लागि नेपाल सरकारको एक जना सि.अ.हे.व को दरबन्दी छ । कारागारमा रहेको अ.हे.व लक्ष्मण न्यौपाने सरुवा भएर जाजरकोट गएपछि कारागार स्वास्थ्यकर्मीविहीन बनेको हो ।
कारागारमा हाल नियमित औषधी सेवन गर्ने सुगर, प्रेसर, मुटुरोग र दीर्घरोगी गरी १२ जना कैदीबन्दी छन् । साथै कारागारमा ६० वर्ष उमेरमाथिका २६ जना कैदीबन्दी छन् । बढ्दो उमेरसँगै स्वास्थ्यमा समस्या देखिने हुँदा स्वास्थ्य परिक्षणका लागि स्वास्थ्यकर्मी नहुँदा उमेर पुगेका कैदीबन्दी तथा दीर्घ रोगी कैदीहरुलाई समस्या पर्ने गरेको छ ।
सामान्य स्वास्थ्य समस्याको बेलैमा उपचार गर्न नसक्दा बिस्तारै रोग जटिल बन्दै जाने र सोही रोगको उपचारका लागि ठुलो रकम खर्च हुन सक्ने अवस्था आउन सक्ने हुन्छ ।
अधिकार कर्मी रवीन्द्रनाथ ठाकुरका अनुसार रिक्त रहेको अ.हे.व को दरबन्दी तत्काल सरकारले पूर्ति गरिनुपर्ने बताउनुभयो । कैदीबन्दी बिरामी हुँदा उपचार पाउने अधिकारबाट वञ्चित गर्न नहुने उहाँको भनाइ छ ।
कारागार कार्यालय कपिलवस्तुका जेलर रेमलाल न्यौपानेका अनुसार कारागारमा सिनियर अ.हे.वको दरबन्दी रहे तपनि अहिले सो पदमा स्वास्थ्यकर्मी नहुँदा रिक्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कैदीबन्दीहरुलाई सामन्यदेखि नियमित चेकजाँच गर्न कपिलवस्तु अस्पताल लैजाँदा सुरक्षा चुनौती पनि छ ।’ स्वास्थ्यकर्मीका लागि विभिन्न निकायमा पत्राचार गरिसकेको जेलर न्यौपानेको भनाइ छ ।
कारागारमा स्वास्थ्यकर्मी अभावका कारण सामन्य औषधी सिटामोल, मेट्रोन, जीवनजललगायतका औषधीका लागि पनि कैदीबन्दीलाई कपिलवस्तु अस्पताल धाउनुपर्ने अवस्था छ । कपिलवस्तु कारागारमा हाल ५ सय १० कैदीबन्दी छन् । नारद कोहारले गोरखापत्र अनलाइनमा समाचार लेखेका छन् ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया