
बैतडीमा भीरबाट ट्याक्टर खस्दा दुईको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पाटन नगरपालिका–८ झौलेकमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।
बझाङ–खोड्पे सडकखण्डमा मोतिपुरदेखि खोड्पेतर्फ आउँदै गरेको से २ त ३६७८ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।
ट्याक्टर सडकबाट करिक डेढ सय मिटर तल खसेको छ। घटनास्थलमै ज्यान गुमाएका दुई पुरुषको सनाखत हुन सकेको छैन। दुर्घटनामा बारेमा शुक्रबार बिहान प्रहरीलाई खबर आएको थियो।
अहिले ईलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक सरोज ठकुराठी नेतृत्वको प्रहरी टोली दुर्घटनाग्रस्त क्षेत्रमा पुगेको छ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया