

बुटवलमा दबाबमूलक विरोध र्याली



बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले बुटवलमा दबाबमूलक विरोध र्याली गरेका छन् । शनिबार उनीहरुले विभिन्न समस्याहरूको व्यवस्थाको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
देशमा कोभिड १९ को असर, विश्वव्यापी आर्थिक मन्दी, प्रदेश राजधानी स्थानान्तरण, दिनानुदिन बैंकको ब्याजदर वृद्धि, चर्को घर भाडा, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन लगायत व्यवस्थापनका लागि सरकारलाई दबाब दिने उद्देश्यका साथ बुटवलमा विरोध र्याली आयोजना गरिएको संघका अध्यक्ष लेखनाथ भण्डारीले बताए ।
कार्यक्रममा होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ, लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ, मिष्ठान तथा क्याटरिङ सङ्घ रुपन्देही जिल्लाका सचिव केशव कँडेल, संघका महासचिव अर्जुन थापाले विरोध कार्यक्रम वर्तमान समयको माग भएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिए ।
कार्यक्रममा नेपाल औषधी व्यवसायी रुपन्देही जिल्ला, घर बहाल सरोकार सङ्घ, मानवअधिकार तथा शान्ति समाज रुपन्देही, मिष्ठान तथा क्याटरिङ सङ्घ रुपन्देही जिल्ला लगायत संस्थाहरू, आम नागरिक, उद्योगी, व्यवसायीलाई आ–आफ्नो ब्यानरसहित विरोध सभामा सहभागी भएको कार्यक्रम संयोजक तथा सहसचिव अर्जुन पोखरेलले बताए ।


खबर सबै
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो







प्रतिक्रिया