

पाल्पामा हावाहुरीले रुख ढाल्दा च्यापिएर स्कुटरमा सवार एक जनाको मृत्यु



काठमाडौं । पाल्पामा हावाहुरीले रुख ढाल्दा च्यापिएर स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन नगरपालिका वडा नम्बर ८ जरेपिपलमा रुखले च्याप्दा तानसेन नगरपालिका–५ कैलाशनगर बस्ने १९ वर्षीय भुवन दर्लामीको मृत्यु भएको हो ।
प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाएकोमा उपचारकै क्रममा दर्लामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एवम् डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए ।
सो घटनामा परी स्कुटर चालक तानसेन नगरपालिका वडानम्बर २ बडिज्ञान टोल बस्ने २० वर्षीय प्रथम शाही घाइते छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
आज बेलुकीपख ५ बजेर ५० मिनेटमा हावाहुरी चल्दा रुख जरैबाट ढल्दा लु ८१ प ११३६ नम्बरको स्कुटरसहित उनीहरु च्यापिएका थिए ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया