

त्रिशूली दुर्घटना : ३९ वर्षीय छोराको अन्त्येष्टि गरेर फर्किएकी थिइन ७० वर्षीय हरिमाया




काठमाण्डौ – काठमाण्डौबाट गोरखाको लागि छुटेको ट्याक्सी आज बिहान त्रिशूली नदीमा खस्दा ज्यान गुमाएका पाँच जनाको परिचय खुलेको छ । ज्यान गुमाउनेमा ट्याक्सी चालक गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन सिर्मल, त्यहीँ ठाउँका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अञ्जना रोकाय, नौ वर्षका बालक आगमन नगरकोटी रहेका छन् । दुर्घटनामा १८ वर्षका दिवस रोकाय बेपत्ता भएका छन् । उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख भावेश रिमालका अनुसार काठमाण्डौको पशुपति आर्यघाटमा आफन्तको दाहसंस्कार सकेर गोरखा फर्किदै गर्दा ट्याक्सी दुर्घटना भएको हो । गोरखा फर्किदै गरेका तीनवटा गाडीमध्ये अरु दुईवटा गाडी मुग्लिन पुगेपछि ट्याक्सीलाई कुर्दा नआएपछि प्रहरीमा खबर पुगेको थियो ।
खोज्दै जाँदा सडकको डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा खसेको भेटिएको रिमालले जानकारी दिनुभयो । बिहान सवा सात बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–५ पृथ्वी राजमार्गको सिमलधारा नजिक बा २ ज ४१९६ नम्बरको ट्याक्सी दुर्घटना भएको हो ।
३९ वर्षीय छोराको अन्त्येष्टि गरेर फर्किएकी थिइन ७० वर्षीय हरिमाया
शनिबार बिहानमा यात्रुवाहक ट्याक्सी त्रिशूलीमा खसेर दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको परिचय खुलेको छ । दुर्घटनामा पर्नेमा गोरखाको रोका परिवार र उनका आफन्त रहेका छन् ।
काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी बिहान सवा ७ बजे चितवनको इच्छा कामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनले ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा दुर्घटनामा पाँच जनाको मृत्यु भएको र एक जना बेपत्ता रहेकाले खोजी कार्य जारी रहेको जनाएको छ ।
मृत्यु हुनेमा ७० वर्षीय जुनमाया रोका, उनकी जेठी छोरी हरिमाया रोका(उपरकोटी), हरिमायाको छोरा आगमन उपरकोटी, जुनमायाको कान्छी छोरी अन्जना रोका, माइला ज्वाइँ ट्याक्सी चालक गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन शिर्मल रहेका छन् । हरिमायाका नाती दिवस रोका भने बेपत्ता छन् ।
गोरखा नगरपालिका ७ का वडाअध्यक्ष विष्णुप्रसाद श्रेष्ठका अनुसार मृतक एकै परिवारका र उक्त परिवारका आफन्त हुन् । उनीहरू जुनमाया रोकाका छोरा ३९ वर्षीय शंकर रोकाको शुक्रबार राति पशुपतिमा अन्त्येष्टि गरेर शनिबार बिहान घर फर्कर्ने क्रममा दुर्घटनामा परेका हुन् ।
‘जुनमायाको छोरा शंकरजीको हिजो काठमाडौंम मृत्यु भएकाले उहाँहरु (मृतक शंकरका आमा,छोरा,दिदी बहिनी, ज्वाईं, भान्जा सबै पशुपतिमा अन्त्येष्टि सकाएर आज घर फर्किदै गर्दा दुर्घटनामा पर्नुभएछ । शंकरजीलाई क्यान्सर थियो भन्ने सुनेको छु, रोका परिवारमा ठूलो आपत् आएको छ’ वडाध्यक्ष श्रेष्ठले भने ।
मृतक रोका परिवार र आफन्त शंकरको अन्तिम संस्कार सकेर माइक्रो र ट्याक्सीमा शनिबार घर फर्किँदै थिए । शंकरको श्रीमती भने अर्कै गाडीमा बसेकाले दुर्घटनाबाट जोगिएको श्रेष्ठले जानकारी दिए ।
दुर्घटना भएको थाहा पाउनासाथ आफू दुर्घटना स्थालमा पुगेको बताएका वडाअध्यक्ष श्रेष्ठले मृतक परिवार रोकाया नभएर रोका भएको पुष्टि गरेका छन् । सञ्चारमाध्यममा मृतकको रोका परिवारको (रोकाया) भनेर सूचना संप्रेषण भएको थियो ।


खबर सबै
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने











प्रतिक्रिया