
बेपत्ता श्रीमानको अवस्था सार्वजनिक नभएपछि कुशको शव बनाएर दाहसंस्कार

बाँके । बर्दियाकी जयन्ती शाहीले बेपत्ता पारिएका श्रीमान् हुकुमबहादुर शाहीको कुशको शव बनाएर दाहसंस्कार गरेकी छन्।
२०५८ चैत २४ गते राज्य पक्षबाट बेपत्ता पारिएका श्रीमान् हुकुमबहादुरको अहिलेसम्म अवस्था सार्वजनिक नभएपछि जयन्तीका परिवारले कुशको शब बनाएर हिन्दू संस्कारअनुसार अन्तिम संस्कार गरेका हुन्।
ठाकुरबाबा नगरपालिका– ८, सुतैयाका हुकुमबहादुरलाई सशस्त्र द्वन्द्वकालमा तत्कालिन शाही नेपाली सेनाले गिरफ्तार गरेर लगेको थियो। बेपत्ता पारिएको २२ वर्षसम्म पनि हुकुमबहादुरको अवस्था सार्वजनिक नगरिएपछि कुशको शब बनाएर दाहसंस्कार गरिएको छ।
श्रीमती जयन्तीले भनिन् ‘श्रीमान अझै जीवितै हुनुहुन्छ कि भन्ने मनमा आशा छ। टुप्लुक्क घर आइपुग्नु हुन्छ कि जस्तो लाग्छ। तर के गर्ने सरकार बोल्दैन, परिवार र समाजको दबाब त छदैछ। मन भारी बनाएर श्रीमानको अन्तिम संस्कार गरेको छु।’
तत्कालिन माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वकालमा बर्दिया जिल्लामा राज्य र माओवादी पक्षले २ सय ५० जना बेपत्ता पारेका छन्। यो बेपत्ता संख्या नेपालमै सबैभन्दा बढी हो। राज्य नबोल्दा बेपत्ता पारिएका व्यक्तिका आफन्ती गल्दै गएका छन्। बर्दियामा एक दर्जन र बाँकेमा आधा दर्जनबढीले आफन्तीको कुशको शव बनाएर दाहसंस्कार गरिसकेका छन्।
देशसञ्चारमा कुमार श्रेष्ठले समाचार लेखेका छन् ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया