
ठाकुरबाबा नगरपालिकामा करारका कर्मचारीलाई हाजिर गर्नबाट रोक

बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाले करारका कर्मचारीलाई चैतदेखि हाजिर गर्नबाट रोक लगाएको छ । विगत ८ वर्षदेखि नगरपालिकामा मेलमिलापकर्ताका रूपमा कार्यरत राधा आचार्यलाई मेयर र उपमेयरले फरक पार्टी भएको कारण चैत १ गतेबाट काम गर्नबाट रोक लगाएका हुन् ।
ठाकुरबाबा नगरपालिकामा मेयर तिलकराम लम्साल नेपाली कांग्रेस र उपमेयर विना कुमारी भट्टराई एमालेका हुन् । हाजिर हुनबाट रोकिएकी कर्मचारी राधा भने माओवादी केन्द्रको नगरकमिटी अध्यक्ष नेत्रराज आचार्यकी पत्नी हुन् । आचार्य स्थानीय तह निर्वाचनमा उम्मेदवार समेत बनेका थिए ।
२०७२ सालदेखि कार्यरत राधाले पछिल्लो समय नगरपालिकाले पूर्वााग्रह राखेर विभिन्न बहानामा आफूलाई दुःख दिने गरेको आरोप लगाइन् । उनी तत्कालीन ठाकुरद्वारा गाविसमा मेलमिलापकर्ता नियुक्त भएकी थिइन् । २०७४ मा विभिन्न गाउँपालिका मिलेर ठाकुरबाबा नगरपालिका बनेपछि पनि मेलमिलापकर्ताहरूलाई निरन्तरता दिने निर्णय भएको थियो ।
२०८० साउन २७ गते सम्पूर्ण मेलमिलापकर्ताको करार नवीकरण नगर्ने निर्णय भएपछि राधाले उच्चअदालत नेपालगन्जमा रिट निवेदन दायर गरेकी थिइन् । अदालतको अन्तरिम आदेशपछि उनले २०८१ असार ३० सम्मका लागि करार नवीकरण प्राप्त गरिन् ।
अदालतले माघ १० गते सो प्रकरणमा आदेश गर्दै उक्त पदमा लोक सेवा आयोगबाट स्थायी नियुक्ति नहुँदासम्म करारका कर्मचारीलाई नहटाउन भनेको छ । तर ठाकुरबाबा नगरपरिषदले नै करार नवीकरण नगर्ने निर्णय गरेपछि विवाद सतहमा आएको हो ।
राधाले आफ्नो श्रीमान् फरक पार्टीका भएको कारण नै राजनीतिक पूर्वाग्रह राखेर आफूलाई दुःख दिने गरिएको बताइन् । उनले अदालतको आदेशलाई समेत उल्लङ्घन गर्दै चैतबाट हाजिरमा रोक लगाएको बताइन् । यसविरुद्ध आफू फेरि अदालतमा जाने उनको भनाइ छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले मन्त्रालयले पठाएको सिलिङमा उक्त पद नभएको जिकिर गरे ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया