

भारतमा आज लोकसभा निर्वाचनको मिति घोषणा गर्दै


भारतको निर्वाचन आयोगले आज (शनिबार) लोकसभा निर्वाचन-२०२४ को मिति घोषणा गर्दै छ । आयोगले केही राज्यको विधानसभा निर्वाचनको मिति पनि घोषणा गर्न लागेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
शनिबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी निर्वाचन मिति घोषणा गर्ने तयारी रहेको समाचारमा उल्लेख छ ।
सन् २०१९ को लोकसभा निर्वाचन अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा भएको थियो । आयोगले सुरक्षा स्थितिबारे समीक्षा गरेर जम्मु र कास्मिरमा लोकसभा र विधानसभाको निर्वाचन एकसाथ वा बेग्लाबेग्लै गर्ने निर्णय गर्ने प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले बताए ।
भारतको निर्वाचन आयोगले एकैपटक विधानसभा र लोकसभाको चुनाव गराउने विचार गरेसँगै जम्मु र कास्मिरको निर्वाचनको लामो प्रतीक्षा अन्त्य भएको देखिन्छ ।
राजनीतिक दलहरूले आम निर्वाचनका लागि आफ्ना उम्मेदवारहरू घोषणा सुरु गरिसकेका छन् । भारतीय जनता पार्टी (बीजेपी) ले अहिलेसम्म उम्मेदवारको दुई वटा सूची सार्वजनिक गरेको छ भने कांग्रेसले पनि आफ्ना उम्मेदवारको दुईवटा सूची सार्वजनिक गरिसकेको छ ।
यसैबीच निर्वाचन आयोगले मार्च १४ मा एसबीआई (स्टेट बैंक अफ इन्डिया) बाट प्राप्त गरेअनुसार आफ्नो वेबसाइटमा चुनावी बन्डहरूको डाटा अपलोड गरेको थियो । डाटाअनुसार फ्युचर गेमिङ एण्ड होटल सर्भिस र मेघा इन्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्चर लिमिटेड राजनीतिक दलहरूका लागि शीर्ष दातामध्येका एक थिए ।
आर्थिक ऐन, २०१७ र आर्थिक ऐन, २०१६ मार्फत विभिन्न ऐनमा गरिएका संशोधनहरूले राजनीतिक दलहरूको असीमित र अनियन्त्रित कोषका ढोका खोलिदिएको भन्दै भन्दै सर्वोच्च अदालतमा विभिन्न मुद्दा दायर गरिएको थियो ।


खबर सबै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार






प्रतिक्रिया