

लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख यादवको निधन



लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवको ८० वर्षको उमेरमा निधन भएको छ। सिरहाको सुखिपुर नगरपालिका ६ निवासी यादवको ८० वर्षको उमेरमा मंगलबार घरमै निधन भएको हो। यादवको दाहसंस्कार आज गरिने पारिवारिक स्रोतले जनाएको छ।
यादव २०७६ साल कात्तिक १८ गते एमालेको तर्फबाट लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त भएका थिए। यादव पुराना कम्युनिस्ट नेता मानिन्छन्।
यादवले शिक्षकबाट राजीनामा दिएर २०४८ सालबाट एमालेको राजनीति सुरु गरेका थिए।
लामो समयदेखि विभिन्न रोगबाट पीडित यादव केही समययता प्यारालाइसिसबाट थलिएका थिए। उनी छोरा बुहारीसँगै सिराहाको गोलबजार नगरपालिका ६ मा बस्दै आएका थिए।
यादव २०३७ सालमा ३ महिना जेल परेका थिए। सरकारी कामकाजमा आँच पुर्याउने गतिविधि गरेको आरोपमा उनलाई तत्कालीन पञ्चायती सरकारले जेल हालेको थियो।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया