

लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख यादवको निधन





लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवको ८० वर्षको उमेरमा निधन भएको छ। सिरहाको सुखिपुर नगरपालिका ६ निवासी यादवको ८० वर्षको उमेरमा मंगलबार घरमै निधन भएको हो। यादवको दाहसंस्कार आज गरिने पारिवारिक स्रोतले जनाएको छ।
यादव २०७६ साल कात्तिक १८ गते एमालेको तर्फबाट लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त भएका थिए। यादव पुराना कम्युनिस्ट नेता मानिन्छन्।
यादवले शिक्षकबाट राजीनामा दिएर २०४८ सालबाट एमालेको राजनीति सुरु गरेका थिए।
लामो समयदेखि विभिन्न रोगबाट पीडित यादव केही समययता प्यारालाइसिसबाट थलिएका थिए। उनी छोरा बुहारीसँगै सिराहाको गोलबजार नगरपालिका ६ मा बस्दै आएका थिए।
यादव २०३७ सालमा ३ महिना जेल परेका थिए। सरकारी कामकाजमा आँच पुर्याउने गतिविधि गरेको आरोपमा उनलाई तत्कालीन पञ्चायती सरकारले जेल हालेको थियो।


खबर सबै
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न











प्रतिक्रिया