
देशमा दिनभर : तीन प्रदेश प्रमुख पदमुक्त देखि मृगौलाको डायलासिस बाणगंगामासम्म पढ्नुहोस्

तीन प्रदेशका प्रदेश प्रमुख पदमुक्त
सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन प्रदेशको प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । त्यस्तै बैठकले गण्डकीमा डिल्लीराज भट्ट , मधेशमा सुमित्रा भण्डारी र सुदूरपश्चिममा नजिर मियालाई प्रदेश प्रमुखमा मनोनयनका लागि सिफारिस गर्ने निर्णय भएको उनले बताइन् । उनले केन्द्र र प्रदेश सरकारलाई सहज ढंगले सञ्चालन गर्नका लागि उक्त निर्णय गरिएको जानकारी दिए । त्यस्तै बैठकले मन्त्रिपरिषद् अन्तर्गत बिभिन्न समिति गठन गरेको छ ।
सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मुलुकका चार सय १३ स्थानीय तहका सबै बालबालिकाले खोप लगाएका छन् । देशका २४ जिल्लाका ती स्थानीय तहमा सबै बालबालिकालाई खोप लगाइएको छ । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार ४३ जिल्लाका एक सय ८० स्थानीय तहमा खोप अभियान जारी छ । हालसम्म करिब ६६ प्रतिशत अर्थात् ३७ लाख ९२ हजार चार सय ६८ बालबालिकाले खोप लगाइसकेका छन् ।
शाखा प्रमुख डा गौतमले हिमाली भेगका आठ जिल्लाका एक सय २२ स्थानीय तहमा हिमपातका कारण खोप अभियान सञ्चालन हुन नसकेको बताए। यही फागुन १३ गतेदेखि दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले पश्चिम रुकुम र जाजरकोट जिल्लाबाहेक ७५ जिल्लामा खोप अभियान सञ्चालन गरेको हो । ती जिल्लाका कूल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकालाई खोप लगाउने लक्ष्य छ। भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाबाट अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकामा नौ महिनादेखि १५ वर्षमुनिका तथा ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई खोप लगाइँदै छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी, कान्तिबजार महोत्तरीका इन्चार्ज र वरिष्ठ हबल्दारलाई घूस रकमसहित पक्राउ गरेको छ । व्यक्तिले ‘लिज’मा लिई भोगचलन गर्दै आएको जग्गामा खेतीपाती तथा व्यवसायमा बाधा–अवरोध गरेको विषयमा सेवाग्राहीसँग घूस माग्दै गरेको अवस्थामा आयोगले पक्राउ गरेको हो ।
प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले प्रविधिमा महिलाको पहुँच अपेक्षाअनुसार हुन नसकेको बताएकी छन् । सोमबार काठमाडौंमा राष्ट्रिय नागरिक विकास समाजद्वारा आयोजित सम्मान कार्यक्रममा उपसभामुख रानाले महिलाहरूमा डिजिटल पहुँच कार्यक्रम पूर्ण रुपमा सफल नभएको भन्दै यसलाई राज्यको अग्रसरतामा सफल बनाउनुपर्ने बताइन् ।
विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जार्बोसले आज अर्थमन्त्री वर्षमान पुनसँग भेट गरेका छन् । आज अर्थमन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पुनले नेपालमा विश्व बैंकको आर्थिक तथा प्राविधिक सहायता बढाउन उनीसँग आग्रह गरे। अर्थमन्त्री पुनले अर्थतन्त्र अझै केही दबाबमा रहेकाले नेपाललाई प्राथमितामा राख्न आग्रह गरेको उनले सचिवालयले जनाएको छ । विश्व बैंक नेपालको ठूलो मध्येको एक विकास साझेदार भएकाले समन्वय र सहकार्यको अपेक्षा पनि उच्चस्तरकै रहेको अर्थमन्त्री पुनले बताए। सरकारको खर्च बढाउने, रोजगारी सिर्जना र आर्थिक गतिविधिमा तीव्रता दिँदै अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण विकास साझेदारका हैसियतले विश्व बैंकको सहयोग जरुरी रहेकामा उनले जोड दिए ।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि पठाएको बजेट सिलिङमा विकासे मन्त्रालयहरुले चरम असन्तुष्टि जनाएका छन् । चालु आर्थिक वर्षमा पाएको बजेट भन्दा पनि कमको सिलिङ पठाएको भन्दै कतिपय मन्त्रालयका सचिवहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कायौलयमै गुनासो गरेका छन् भने कतिपयले अर्थमन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रेशम चौधरीलाई निर्वाचित गर्ने उक्त दलको महाधिवेशनको निर्णयलाई वैधता दिन नसकिने निर्णय गरेको छ । चौधरी नाउपाको अध्यक्ष बन्नु राजनीतिक दलसम्बन्धी ऐन र उक्त पार्टीको विधान विपरीत भएको आयोगले ठहर गरेको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचविखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य कुनै फौजदारी कसुरमा कैदको सजाय पाएको व्यक्तिलाई दलको सदस्य बनाउन नहुने व्यवस्था छ ।
सत्ता गठबन्धन फेरिएर प्रतिपक्षमा पुगेपछि नेपाली कांग्रेसले प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापतिमा दाबी गर्ने भएको छ । ३० फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएलगत्तै एमालेले लेखा समितिको सभापति छोड्नुपर्ने कांग्रेस सांसद राजेन्द्रकुमार केसीले बताए । केसी लेखा समिति सदस्य छन् । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि उहाँहरुले छोड्नुपर्छ । लेखा समिति नेतृत्व प्रतिपक्षकै हुनुपर्छ भन्ने यो विश्वव्यापी अभ्यास हो । हामीले गत भदौमा सभापतिहरु चयन गर्दा सरकारमा भएकाले प्रमुख प्रतिपक्षीलाई छाडेकै हो । नछाडे आवश्यक निर्णय गरेर अगाडि बढ्नुपर्ने हुन्छ’, सांसद केसीले भने ।
प्रहरीले नेपालगञ्जबाट दुई दिनमा १ करोड ३० लाख ४८ हजार ७०० नेपाली रुपैयाँ र १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी सुवासचन्द्र बोहराका अनुसार, आइतबार र सोमबार चलाएको अपरेसनमा ३ वटा समूहबाट डेढ करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको रकम बरामद भएको हो ।
मन्त्रिपरिषद् बैठकले समितिहरु गठन गरी समितिहरुको समन्वय गर्न संयोजक तोक्ने निर्णय गरेको छ । राजनीतिक समितिको संयोजन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् । आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ तोकिएका छन् । विधेयक समितिको नेतृत्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गर्नेछन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी १५ बैशाखमा बझाङ ९१० मा हुने उपनिर्वाचनमा भाग नलिने भएको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रदेशसभाको उपनिर्वाचनमा भाग नलिने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए । सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभाको उपनिर्वाचन हुने इलाम–२ मा उम्मेदवारी दिने तर त्यसै दिन उपनिर्वाचन हुने बझाङ ९१० मा भने उम्मेदवारी नदिने निर्णय गरेको छ । निर्वाचन तयारीका लागि रास्वपाले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई इलाम–२ मा खटाएको छ ।
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्विप जारी गरेको छ ।प्रधानमन्त्री प्रचण्डले ३० फागुनमा विश्वासको मत लिन लागेका छन् । उक्त दिन अनिवार्य उपस्थित हुन र विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसले ह्विप जारी गरेको हो ।
राष्ट्रिय सभा अध्यक्षका उम्मेदवार नारायणप्रसाद दाहालले आफूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाइ भनेकामा असन्तुष्टि जनाएका छन् । राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दर्ता गरेपछि दाहाललाई संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुले प्रचण्डको भाइ भएका कारण अवसर पाएको भनिन्छ नि भनेर सोधेका थिए ।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया