एकदिवसीय क्रिकेटमा वैभव सूर्यवंशीको कीर्तिमान

 भारतका वैभव सूर्यवंशी एकदिवसीय क्रिकेट (लिस्ट ‘ए’) मा सबैभन्दा कम बलमा शतक प्रहार गर्ने ब्याटर बनेका छन् ।

उनले कतारमा जारी एसीसी एसिया कप राइजिङ स्टार्समा आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमा यो कीर्तिमान कायम गरेका हुन् ।

वैभवले २८ बलमै शतक पूरा गरेका थिए । उनले अस्ट्रेलियन ब्याटर ज्याक फ्रेसर म्याकग्रुकको नाममा रहेको कीर्तिमान भंग गरेका हुन् ।

म्याकग्रुकले अस्ट्रेलियन घरेलु प्रतियोगिताको सन् २०२३–२४ का सिजनमा साउथ अस्ट्रेलियाका लागि तास्मेनियाविरुद्ध २९ बलमा शतक प्रहार गर्दै कीर्तिमान राखेका थिए ।

प्रतिक्रिया

खबर सबै