

त्रिशूलीमा बस दुर्घटना अपडेट : ६ जनाको मृत्यु, ३५ को जिवितै उद्धार




कपिलवस्तु। धादिङ गजुरीको गलौदीस्थित सडकमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बसमा सवार यात्रुहरु मध्ये अहिले सम्म ३५ जनाको जिवितै उद्धार गरिएको धादिङ प्रहरीले जनाएको छ ।
सिद्धार्थ यातायात प्रालिको लु २ ख २१२१ नम्बरको यात्रुबाहक बस धादिङमा दुर्घटना परेको हो । यद्यपी उक्त बस कपिलवस्तुबाट नभई लुम्बिनीबाट छुटेको भनिएको छ । त्रिशूलीमा बस खस्दा ६ जनाको मृत्यु भएको गजुरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिए ।
हालसम्म बसमा ४० जना यात्रु फेला परेको र धेरैको सकुशल उद्धार गरिएको डीएसपी कुँवरले बताए ।
उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको उनले बताए । उद्धार गरिएकाहरूलाई नजिकैका स्वास्थ्य संस्थामा पठाउने काम भइरहेको उनले बताए ।
दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धारका लागि खटिएको छ ।


खबर सबै
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?











प्रतिक्रिया