

कपिलवस्तुबाट काठ्माण्डौँ जाँदै गरेको बस त्रिशुलीमा खस्यो



कपिलबस्तबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । आज बिहान धादिङको गजुरी गाउँपालिका ५ घाटबेशीस्थित पृथ्वी लोकमार्गबाट बस त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ ।
लुम्बिनीबाट काठ्माण्डौँका लागि जाँदै गरेको लु २ ख २१२१ नम्बरको भैरव बस त्रिशुलीमा खसेको जनाइएको छ । दुर्घटनामा कति घाइते भए कतिको मृत्यु भयो भन्ने अझै एकिन विवरण आउन बाँकी छ ।
घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धादिङले उद्धारको काम चलिरहेको जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा केही मृत्यु भएको छ । तर, यकिन विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
दुर्घटनास्थलमा सशस्त्र प्रहरी बलको टोली पुगेको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेश आदमघाटबाट खटिएको टोली घटनास्थल पुगेको हो ।
टोलीले १३ जनाको जिवितै उद्धार गरेको जनाएको छ । उनीहरूलाई उपचारका लागि गजुरी अस्पतालतर्फ पठाएको प्रहरीको भनाइ छ । उद्दार कार्य जारी छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया