

कपिलवस्तुबाट काठ्माण्डौँ जाँदै गरेको बस त्रिशुलीमा खस्यो




कपिलबस्तबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । आज बिहान धादिङको गजुरी गाउँपालिका ५ घाटबेशीस्थित पृथ्वी लोकमार्गबाट बस त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ ।
लुम्बिनीबाट काठ्माण्डौँका लागि जाँदै गरेको लु २ ख २१२१ नम्बरको भैरव बस त्रिशुलीमा खसेको जनाइएको छ । दुर्घटनामा कति घाइते भए कतिको मृत्यु भयो भन्ने अझै एकिन विवरण आउन बाँकी छ ।
घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धादिङले उद्धारको काम चलिरहेको जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा केही मृत्यु भएको छ । तर, यकिन विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
दुर्घटनास्थलमा सशस्त्र प्रहरी बलको टोली पुगेको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेश आदमघाटबाट खटिएको टोली घटनास्थल पुगेको हो ।
टोलीले १३ जनाको जिवितै उद्धार गरेको जनाएको छ । उनीहरूलाई उपचारका लागि गजुरी अस्पतालतर्फ पठाएको प्रहरीको भनाइ छ । उद्दार कार्य जारी छ ।


खबर सबै
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?











प्रतिक्रिया