

नेपालगञ्जबाट ४० लाखको खैरो हेरोइनसहित ३ जना पक्राउ



साझाकुरा। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित चौलिका चोकबाट प्रहरीले ठुलो परिमाणमा खैरो हेरोइन सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बहराईच घर भएका २१ वर्षीय ईरफान कुरेसी, १८ वर्षीय रिजवान कुरेसी र कार चालक २७ वर्षीय मोहम्मद खली खाँ छन् ।
उनीहरूको साथबाट १०३ ग्राम ३ सय मिलिग्राम खैरो हेराइन बरामद गरिएको बाँकेका एसपी सुवास बोहराले रातोपाटीलाई बताए । वरिष्ठ प्रहरी नायव निरीक्षक सुशील रावल नेतृत्वको टिमले मंगललबार दिउँसो भारतीय नम्बरको कार चेकजाँच गर्दा सो परिमाणको खैरो हिरोइन भेटिएको हो । प्रहरीले युपी–३२ डिके ६७५ नम्बरको कार पनि नियन्त्रणमा लिएको छ ।
बरामद लागुऔषधको मूल्य नेपाली बजारमा करिब ४० लाख रुपैयाँ पर्छ । आरोपीहरू विरुद्ध लागुऔषध नियन्त्रण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए ।


खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति







प्रतिक्रिया