

नेपालगञ्जबाट ४० लाखको खैरो हेरोइनसहित ३ जना पक्राउ


साझाकुरा। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित चौलिका चोकबाट प्रहरीले ठुलो परिमाणमा खैरो हेरोइन सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बहराईच घर भएका २१ वर्षीय ईरफान कुरेसी, १८ वर्षीय रिजवान कुरेसी र कार चालक २७ वर्षीय मोहम्मद खली खाँ छन् ।
उनीहरूको साथबाट १०३ ग्राम ३ सय मिलिग्राम खैरो हेराइन बरामद गरिएको बाँकेका एसपी सुवास बोहराले रातोपाटीलाई बताए । वरिष्ठ प्रहरी नायव निरीक्षक सुशील रावल नेतृत्वको टिमले मंगललबार दिउँसो भारतीय नम्बरको कार चेकजाँच गर्दा सो परिमाणको खैरो हिरोइन भेटिएको हो । प्रहरीले युपी–३२ डिके ६७५ नम्बरको कार पनि नियन्त्रणमा लिएको छ ।
बरामद लागुऔषधको मूल्य नेपाली बजारमा करिब ४० लाख रुपैयाँ पर्छ । आरोपीहरू विरुद्ध लागुऔषध नियन्त्रण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया