

लुम्बिनीमा नयाँ गठबन्धनको सरकार बन्ला त ?





बुटवल । केन्द्रमा फेरिएको सत्ता समीकरण प्रदेशमा पनि कार्यान्वयन हुने भएपछि प्रदेशहरुमा सरकार निर्माणको जोड घटाउ सुरु भएको छ । केन्द्रमा बनेको सत्ता गठबन्धनका ४ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीमध्ये प्रदेशसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति छैन ।
लुम्बिनीमा ८७ सदस्यीय प्रदेश सभामा सरकार निर्माणका लागि ४४ सांसदको समर्थन चाहिन्छ । यहँ सबैभन्दा ठूलो दल नेकपा एमालेका २९, माओवादी केन्द्रका ११ र जनता समाजवादी पार्टीका ३ सांसद छन् । तीन दलका सांसद संख्या ४३ मात्र हुन्छ । अर्थात बहुमत पुग्न एक सांसदको कमी हुने अवस्था छ ।
१० दलको उपस्थिति रहेको प्रदेश सभामा दोस्रो ठूलो दल नेपाली कांग्रेसका २७, नागरिक उन्मुक्ति पार्टीका ४, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ (एक जना निलम्बित), लोकतान्त्रिक समाजवादी पार्टीका ३, जनमत पार्टीका ३, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका एक–एक जना सांसद छन् ।
सत्ता गठबन्धनका दलहरुको मात्रै बहुमत नपुगे पनि माओवादीबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएर जितेका नवलपरासी पश्चिमका खड्ग बस्नेतले बिगतमा जस्तै नयां गठबन्धनलाई समर्थन गर्ने निश्चित र साना दलहरुको रुझान पनि सरकारमा जान लालायित देखिएकाले सुविधाजनक बहुमत पुग्ने नेकपा एमालेका प्रमुख सचेतक तुल्सीप्रसाद चौधरीले बताए ।
यसअघि लुम्बिनीमा एमाले–माओवादी गठबन्धनबाट एमालेका लिला गिरी मुख्यमन्त्री थिए । सभामुख माओवादी केन्द्रले लिएको थियो । माओवादी केन्द्रले एमालेसंगको गठबन्धन भत्काएर कांग्रेससंग गठबन्धन गरेपछि कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री छन् ।
चौधरी नेतृत्वको सरकारमा एमाले र राप्रपा वाहेक ८ दलको प्रतिनिधित्व छ । अहिलेको सरकारमा भएका दलहरु मध्ये कांग्रेसबाहेक सबै दलको समर्थन नयाँ गठबन्धनलाई हुने एमाले प्रमुख सचेतक चौधरीको दावी छ ।


खबर सबै
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न











प्रतिक्रिया