
५ महिनापछि बसेको बैठक पाँच मिनेट मै स्थगित

साझाकुरा ।
लुम्बिनी प्रदेश सभाको शुक्रवारदेखि शुरू भएको हिउँदे अधिवेशनको पहिलो बैठक पाँच मिनेट मात्र बसेर स्थगित भएको छ ।
बैठक संसदीय दलको तर्फबाट तेस्रो अधिवेशनको शुभकामना दिने विषय कार्यसूचीमा नपरेपछि पाँच महिनापछि बसेको तेस्रो अधिवेशनको पहिलो बैठक ५ मिनेट १७ सेकेन्ड मात्र बसेर स्थगित भएको हो ।
कार्य व्यवस्था परामर्श समितिको बैठकमा संसदीय दलको तर्फबाट बोल्ने कार्यक्रमपछि राख्ने सहमति भएपछि पहिलो बैठकको समय छोटो भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।
दोस्रो बैठक शनिवार दिउँसो २ बजे बस्नेछ । दोस्रो बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।
बैठकमा सभामुख तुलाराम घर्ती मगरले प्रदेश प्रमुखले अधिवेशन आह्वानसम्बन्धी पठाएको पत्र र मन्त्रिपरिषद्मा कार्य विभाजन हेरफेरसम्बन्धी पत्र पढेर सुनाएका छन् ।
दोस्रो अधिवेशनबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका विधेयकहरूको बारेमा पत्रहरू प्राप्त भएको र त्यसबारे सभामा जानकारी गराएका छन् ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया