

त्रिदेशीय टी–२० शृङ्खलामा नेपालकाे पहिलाे जित, नामिबियालाई ३ रनले हरायाे

काठमाण्डाै : त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपालले पहिलो जित हात पारेको छ । नेपालले नामिबियालाई ३ रनले हरायो ।
नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रनमात्र बनाउन सक्यो । नामिबियाका कप्तान जेजे स्मिटले ५० रन बनाए । नेपालका करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८१ रन बनायो । नेपालका कुशल मल्लले अर्धशतक बनाए । मल्लले ३७ बलमा नट आउट ५५ रन बनाए । नामिबियाका बेन शिकोङ्गोले ३ विकेट लिए ।
शृङ्खलाकाे पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । यस्तै अस्तिको खेलमा नेपाल नेदरल्यान्ड्सँग २ रनले हारेको थियो । नेदरल्यान्ड्स २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेपाल २ अङ्कसहित दाेस्राे स्थानमा उक्लिएकाे छ । नामिबिया २ अङ्क भए पनि नेट रन रेटका आधारमा तेस्राे स्थानमा छ ।


खबर सबै
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु
-
बुटवल आएका प्रचण्डले भने, ‘सरकारका सय दिन उपलब्धीशून्य’
-
सरकारको १०० दिन : के के भए उल्लेखनीय सुधार ?






प्रतिक्रिया