

राष्ट्रिय प्रतियोगिताका लागि प्रदेश च्याम्पियन बन्दै छानिए कपिलवस्तुका पाण्डे

नबराज बेल्वासे, कपिलवस्तु । लुम्बिनी प्रदेशमा भएको अन्तर प्रदेश स्तरीय म्याराथुनको सेलेक्नमा कपिलवस्तुका अजय पाण्डे च्याम्पियन बन्दै छनौटमा परेका छन् । बुधबार दाङको बेलझुण्डीमा सम्पन्न भएको राष्ट्रिय खेलकुदका लागि अन्तर प्रदेश छनोट चरणबाट पाण्डे च्याम्पियन बनेका हुन ।
आगामी चैतमा हेटौडामा हुने राष्ट्रिय खेलका लागि बुधबार बेलझुण्डीमा प्रदेशका १२ वटै जिल्लाबाट खेलाडीहरुले प्रतिश्प्रधा गरेका थिए । उक्त अन्तर प्रदेश सेलेक्सनमा १५ सय मिटर दौड कपिलवस्तुका पाण्डेले जित्दै सेलेक्सनमा परेको बताएका छन् । उनले १२ वटै जिल्लाका प्रतिश्प्रधिहरुलाई पछि पारी सेलेक्सनमा परेको साझाकुरासँग बताए । उनले १५ सय मिटरको दुरी ४ मिनेट २२ सेकेन्डमा पार गर्दै च्याम्पियन बनेका हुन् ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ का पाण्डे यस अघि पनि विभिन्न राष्ट्रिय तथा प्रदेश स्तरीय विभिन्न प्रतियोगितामा गोल्ड मेडलसहित विभिन्न स्थान ल्याएका थिए ।
यसपटक भने उनले लुम्बिनी प्रदेशको तर्फबाट च्यम्पियन बन्दै नेश्नल गेमका लागि छनोट भएका छन् । यो सेलेक्सनले आफू अत्यन्तै खुसी भएको र नेश्नल गेममा पनि राम्रो प्रर्दशन गर्ने उनले बताए ।
गत वर्ष पनि लुम्बिनी प्रदेशको मुकाम बुटवलमा भएको खुला दौड (रोड रेस)मा समेत पाण्डे विजयी भएका थिए । पांँच किलोमिटर खुल्ला दौड प्रतियोगिताको उपाधि अजय पाण्डेले जितेका थिए । उनले १६ मिनेट ३० सेकेन्डमा पाँच किलोमिटरको दुरि पार गरेका थिए ।
यस्तै त्यस अघि दशरथ रंगशालाको ट्रयाक एन्ड फिल्ड पुरुषतर्फको स्पर्धामा पुरुष ३ हजार मिटरमा अजयले दोस्रो स्थान पाएका थिए ।

फाइल तस्बिर ।


खबर सबै
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु






प्रतिक्रिया