

रोल्पामा गुडिरहेको ट्याक्टरबाट लडेर ६ वर्षीय बालकको मृत्यु

रोल्पा । रोल्पामा गुडिरहेको ट्याक्टरबाट लडेर ६ वर्षीय बालकको मृत्यु भएको छ।
शुक्रबार बेलुकी साढे ७ बजेतिर लु्ङ्ग्री गाउँपालिका – ३ धनेखर्कबाट वडा नं। २ को सिर्प तर्फ जाँदै गरेको लु ४ त ६७१ नम्बरको ट्याक्टरबाट लड्दा लुङ्ग्री गाउँपालिका – २ सिर्पका ६ वर्षीय सन्दिप खड्काको मृत्यु भएको हो।
उनी ट्याक्टरको अगाडि बसेका थिए। गुडिरहेको बेला एक्कासी ट्याक्टरबाट खस्दा सन्दीप गम्भीर घाइते भएका थिए। उनको टाउको लगायत शरीरका विभिन्न भागमा गहिरो घाउ चोट लागेको थियो।
उनलाई उद्धार गरी शुक्रबार राति ९ बजे प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारका लागि लगिएको थियो।
त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको रोल्पाका प्रहरी प्रवक्ता इन्स्पेक्टर रामनारायण गुत्ताले जानकारी दिए।
सिर्पका २० वर्षीय ट्याक्टर चालक दीपक बिकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ।
अप्ठेरो बाटोमा असावधानी पूर्वक तीव्र गतिमा ट्याक्टर कुदाउँदा बालक सन्दिपको सन्तुलन गुम्न पुगी एकाएक लड्न पुगेको हुन सक्ने प्रहरीको आशंका छ।


खबर सबै
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात









प्रतिक्रिया