

रोल्पामा गुडिरहेको ट्याक्टरबाट लडेर ६ वर्षीय बालकको मृत्यु



रोल्पा । रोल्पामा गुडिरहेको ट्याक्टरबाट लडेर ६ वर्षीय बालकको मृत्यु भएको छ।
शुक्रबार बेलुकी साढे ७ बजेतिर लु्ङ्ग्री गाउँपालिका – ३ धनेखर्कबाट वडा नं। २ को सिर्प तर्फ जाँदै गरेको लु ४ त ६७१ नम्बरको ट्याक्टरबाट लड्दा लुङ्ग्री गाउँपालिका – २ सिर्पका ६ वर्षीय सन्दिप खड्काको मृत्यु भएको हो।
उनी ट्याक्टरको अगाडि बसेका थिए। गुडिरहेको बेला एक्कासी ट्याक्टरबाट खस्दा सन्दीप गम्भीर घाइते भएका थिए। उनको टाउको लगायत शरीरका विभिन्न भागमा गहिरो घाउ चोट लागेको थियो।
उनलाई उद्धार गरी शुक्रबार राति ९ बजे प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारका लागि लगिएको थियो।
त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको रोल्पाका प्रहरी प्रवक्ता इन्स्पेक्टर रामनारायण गुत्ताले जानकारी दिए।
सिर्पका २० वर्षीय ट्याक्टर चालक दीपक बिकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ।
अप्ठेरो बाटोमा असावधानी पूर्वक तीव्र गतिमा ट्याक्टर कुदाउँदा बालक सन्दिपको सन्तुलन गुम्न पुगी एकाएक लड्न पुगेको हुन सक्ने प्रहरीको आशंका छ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया