

‘पुलिस’ लेखिएको भारतीय गाडी फिल्मी शैलीमा कृष्णनगर प्रहरीले लियाे नियन्त्रणमा


कपिलवस्तु, फाल्गुन २ । बुधबार साँझ नेपाल भारत सिमानामा एक रोचक दृश्य देखियो । सिमा नाकामा हुने भारतीयको कडा चेकिङ छिचाेल्दै एक भारतिय नम्बर प्लेटको गाडी नेपाल तर्फ हानियो । मानौँ कित्यहाँ कुनै साउथ इन्डियन फिल्मको सुटिङ हुँदैछ ।
इन्डियन कस्टम पनि रोक्न सफल भएन गाडी नेपाल छिर्यो । कृष्णनगर बजारमा घुइँचो लाग्यो । गाडी अगाडि हुत्तियो । कसैले भेउ पाएनन् तर एक पब्लिकले जिल्ला एसपी लाई फोन लगाए कुनै दुर्घटनाको गाडी चन्द्रौटा तर्फ गयो उनले भने ।
इप्रका कृष्णनगरले पिछा गर्यो गाडी कम्तिमा पनि सयको स्पिडमा हुनु पर्छ पिछा गर्ने सइ दामोदर डाङ्गी बताउछन । भन्सार , शसस्त्र प्रहरी, ट्राफिक प्रहरीलाई उछिनेर अघि बढेको गाडी कृष्णनगर प्रहरीको पन्जाबाट भने उम्कन सकेन । कृष्णनगर प्रहरीका करिब ४ मोटरसाइकलमा प्रहरीले घेरा हाली गाडी नियन्त्रणमा लिन्छन् गाडीमा लेखिएको हुन्छ अङ्ग्रेजीमा ‘POLICE’ ।
UP51AX3170 भारतिय नम्बर प्लेटको गाडी फिल्मी शैलीमा नेपाल छिर्यो फिल्मी शैलिमै प्रहरीको फन्दामा पर्यो ।
इन्डियामा कतै दुर्घटना गराई भागेको हुनसक्ने प्रहरीको अनुमान छ। अगाडिको बम्परको भाग कच्याककुचुक भएको र चालकले मापसे गरेको इप्रका कृष्णनगरका प्रहरी निरिक्षक ( इन्स्पेक्टर )लक्ष्मण ओलीले बताउनु भयो ।
इन्डिया बस्तिका नागरिक शिव प्रसाद उपाध्ययको नाममा उक्त गाडी पुलिस लेखिए पनि इन्डियन पुलिसको भए नभएकोबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया