

पाल्पामा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १० पुग्यो



काठमाण्डौ : पाल्पाको तिनाउ गाउँपालिकाको चिदिसामा हिजो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १० जना पुगेको छ । अरु १६ जना घाइतेको उपचार भइरहेको छ ।
दुर्घटनामा ज्यान गुमाउनेमा तिनाउ गाउँपालिका ६ मस्यामका यन कुमारी पन्त, राम बहादुर अस्लामी, कृष्ण बहादुर अस्लामी र उर्मिला अस्लामी रहेका छन् । दुर्घटनामा बुटवल उपमहानगरपालिका १४ तामनगर रुपन्देहीका चन्द्र रणपाल र चुना रणपाल, तिनाउँ गाउँपालिका २ खुर्सानेकी गिता सुनार, देवदह नगरपालिका ५ रुपन्देहीकी दिलमाया जिसि, रिब्दीकोट १ ख्याहाका दिल कुमारी सुनार र विष्णुकला कामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
घाइते १६ जनाको लुम्बिनी मेडिकल कलेज, प्रभास तानसेनमा उपचार भैरहेको छ । तानसेन बुटवल सडक खण्डमा पर्ने सिद्धार्थराजमार्गको डुम्रेबाट तिनाउ गाउँपालिकाको भित्री कच्ची सडक चिदिसका लागि छुटेको लु १ ज २३७१ नम्बरको जीप दुर्घटनामा परेको हो । जीप सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।
चालक तानसेन नगरपालिका १० का दान बहादुर चिदिलाई पक्राउ गरेर घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । १३ जनाको सिट पास हुने जिपले क्षमताभन्दा धेरै यात्रु बोकेको पाइएको प्रहरीको भनाइ छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया