

कृष्णनगरबाट लागु औषध चरेससहित २ महिला पक्राउ





कृष्णनगर । कपिलवस्तु प्रहरीले लागु औषध चरेस सहित कृष्णनगर नाका नजिकबाट २ महिलालाई पक्राउ गरेको छ ।
ईप्रका कृष्णनगरका इन्स्पेक्टर लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलिले ४ के.जि. ९६४ ग्राम लागु औषध चरेससहित दुई महिलालाई नियन्त्रणमा लिएको हो ।
सोमबार साझ रोल्पाबाट कपिलवस्तुको कृष्णनगर हुँदै भारत तर्फ जादै गरेको अबस्थामा रोल्पा दुईखोली गाउँपालिका १ बस्ने बर्ष ३३ कि रश्मि बुढाको साथबाट ३ के.जि १३८ ग्राम र बर्ष ४३ कि तुलसा रोका मगरको साथबाट १ के।जि। ८२६ ग्राम लागु चरेस बरामद गरेको हो ।
प्रहरीलाई प्राप्त गोप्य सूचनाको आधारमा निजहरूलाई खानतलासी गर्दा कपडाको पेटि बनाई कम्मरमा बाधी लुकाइ छिपाई राखेको अबस्थामा बुढाको साथमा ५ पोका र रोका मगरको साथमा ४ पोका चरेश फेला परेको हो ।
लागु औषध चरेससहित पक्राउ गरि थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।


खबर सबै
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न











प्रतिक्रिया