
लुम्बिनीको आम्दानीको ५० प्रतिशत स्थानीयलाई दिन माग

लुम्बिनी : लुम्बिनीको मायादेवी मन्दिरको भेटीबाट हुनेलगायत अन्य आम्दानीको ५० प्रतिशत हिस्सा स्थानीय पालिकालाई दिन स्थानीयले माग गरेका छन् । लुम्बिनी बचाउ संघर्ष समितिले लुम्बिनी विकास कोषलाई योसहित १९ बुँदे माग गरेको हो ।
लुम्बिनी गुरुयोजनाका लागि जग्गा दिनेदेखि यसको विकासमा स्थानीयको योगदान भएपनि यहां हुने आम्दानी स्थानीय विकासमा लगानी नभएको भन्दै समितिले आम्दानीको ५० प्रतिशत हिस्सा लुम्बिनी सांस्कृतिक नगरपालिकालाई दिन माग गरेको छ ।
समितिले विकास कोष सञ्चालक समितिमा उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य सचिव सहित पदाधिकारीहरु र २ जना कार्यकारिणी सदस्य स्थानीय नै रहने गरी विधान संशोधन गर्न पनि माग गरेको छ । यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख, लुम्बिनी क्षेत्रका संघीय सांसद र प्रदेश सभा सदस्य लुम्बिनी विकास कोषका पदेन सदस्य हुनुपर्ने समितिको माग छ ।
संघर्ष समितिले मायादेवी मन्दिरको हालको डिजाइन र संरचना परिवर्तन गर्न नपाइने र गुरुयोजना विपरीतका अनधिकृत संरचना बनाउन रोक्न माग गरेको छ । यस्तै मायादेवी मन्दिर दर्शन र अवलोकनका लागि प्रवेश शुल्क नलाग्ने व्यवस्था गर्न पनि संघर्ष समितिले माग गरेको छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया