

बुटवल प्रहरीद्धारा ६ क्वीटल मरेका प्रतिबन्धित माछा बरामद



बुटवल । बुटवल प्रहरीले भारतबाट बुटवलतर्फ ल्याइँदै गरेको ६ सय केजी प्रतिबन्धित मरेको माछा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले भन्सार छलेर बुटवलतर्फ ल्याउँदै गरेको उक्त परिमाणको प्रतिबन्धित मरेको माछा बरामद गरेको हो ।
बुधबार बुटवल ११ योगिकुटीचोकमा बेलहियाबाट बुटवलतर्फ आउँदै गरेको बस खानतलासीका क्रममा बैखी जातको प्रतिबन्धित माछा बरामद भएको हो ।
भन्सार छली चोरी निकासी गरी अवैध बैखि जातका माछा ओसारपोसार भइरहेको सूचनाको आधारमा भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको माइक्रो बस चेकजाँच गर्दा बसको पछाडि डिक्कीमा लुकाइछिपाई राखेका प्लाष्टिकको ८ वटा बोरामा ६ सय केजी प्रतिबन्धित बैखी जातका मरेका माछा फेला परेको बुटवल प्रहरी प्रमुख विजयराज पण्डितले बताउनुभयो ।
बरामद भएको माछालाई स्थानीय प्रतिनिधिको रोहवरमा इलाका प्रहरी कार्यालयको कम्पाउण्डभित्र खाडल खनेर नष्ट गरी गरिएको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया