

तानसेन– रानीमहल सडकखण्ड डेढ महिना बन्द हुने


पाल्पा । तानसेन–रानीमहल सडकखण्ड साढे एक महिना बन्द हुने भएको छ। यही माघ १७ देखि आगामी चैत ५ गतेसम्म बन्द हुने भएको हो। ४८ दिन पूर्णरूपमा बन्द रहने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख बाबुराम सापकोटाले बताए।
सवारी आवागमन पूर्ण रूपमा बन्द हुनेछ। उक्त सडकखण्डको अवलदेखि रानीमहलसम्म सडक ढलाई तथा मर्मत गर्ने काम हुनेछ। सडक चौबीसै घन्टा पूर्णरूपमा बन्द गरेर काम गरिने उनले बताए। यो सडक हुँदै यात्रा गर्ने यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ।
तानसेन नगरपालिका १ अर्गलीबाट छेर्लुङ हुँदै रानीमहल पुग्ने वैकल्पिक सडक प्रयोग गर्न सापकोटाले आग्रह गरे।
यस्तै आर्यभन्ज्याङ रामपुर सडक दैनिक ५ घण्टा बन्द हुने भएको छ। बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म सडक बन्द रहनेछ। हुमिन(ताहुँ देउराली सडखण्डमा सडक स्तरोन्नति तथा मर्मत गर्ने काम हुनेछ।
यही माघ १७ देखि फागुन १६ गतेसम्म सडक बन्द रहने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख बाबुराम सापकोटाले बताए।
ढुंगा माटो कटिङ गर्नका लागि सडक बन्द गर्न लागिएको हो। एम्बुलेन्स, शव वाहन, दमकलजस्ता अत्यावश्यक सवारीसाधन भने संचालन हुने उनले बताए।


खबर सबै
-
सात वर्षको सफल यात्रामा ‘ई—साझाकुरा’
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने






प्रतिक्रिया