

एउटै खेलमा दुईपटक सुपर ओभर !

२ सय १३ रनको लक्ष्य पाएको अफगानिस्तानले खेल टाई गरेपछि सुपर ओभरमा पुगेको थियो । तर पहिलो सुपर ओभर पनि टाई भएपछि फेरि सुपर ओभर भएको थियो । यस पटक भने भारत भाग्यमानी साबित भयो ।
पहिलो सुपर ओभरमा अफगानिस्तानले १६ रनको लक्ष्य दिएको थियो । भारतका रोहित शर्माले तेस्रो र चौथो बलमा छक्का प्रहार गरेपछि जिततर्फ अग्रसर देखिएको भारतले पाँचौँ बलमा विकेट गुमायो भने छैटौँ बलमा एक रन मात्र जोड्न सकेपछि फेरि अर्को सुपर ओभर गराउनु परेको थियो । दोस्रो सुपर ओभरमा भारतले १२ रनको लक्ष्य दिएको थियो ।
रोहितले सुरुका दुई बलमा छक्का र चौका प्रहार गरेका थिए भने भारतले चौथो र पाँचौँ बलमा विकेट गुमाएको थियो । अफगानिस्तानले सुरुका तीन बलमा दुवै विकेट गुमाएपछि भारतले रोमाञ्चक जित हात पारेको थियो ।
रवि विस्नोइले पहिलो र तेस्रो बलमा विकेट लिएका थिए भने दोस्रो बलमा एक रन मात्र दिएका थिए। त्यसअघि रोहित शर्माको एक सय २१ र रिंकु सिंहको ६९ रनको मदतमा भारतले विशाल योगफल तयार गरेको थियो। तर अफगानिस्तानले रहमानुल्लाह गुरबाजको ५०, इब्राहिम जद्रानको ५०, गुल्बादिन नाइबको ५५ र मोहम्मद नाबीको ३४ रनमा खेल बराबरी गरेको थियो।
अन्तिम ओभरमा अफगानिस्तानलाई जितका लागि १९ रन चाहिएको थियो भने भारतले मुकेश कुमारलाई बलिङको जिम्मा दिएको थियो । यो जितसँगै भारतले तीन खेलको शृङ्खला क्लीन स्वीप गरेको छ ।


खबर सबै
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु






प्रतिक्रिया