

बाणगंगा ९ मा पहिलो पटक नयाँ प्रविधिको ‘कुटानी पिसानी मिल’ संचालनमा



ई–साझाकुरा, भलवाड । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ जिनुवामा पहिलो पटक नयाँ प्रविधिको आधुनिक कुटानी पिसानी मिल संचालनमा आएको छ । स्थानीय व्यवासायी समेत रहनुभएका देविराम खनालले देउराली कुटानी पिसानी मिल संचालनमा ल्याउनुभएको हो ।
बाणगंगा नगरपालिका वडा नम्बर ९ जिनुवा स्थित संचालनमा आएको उक्त मिलको वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलले सोमबार एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको छ ।
आधुनिक प्रविधिमा आधारति उक्त मिलमा सजिलो तरिकाले छिटो र शुद्ध कुटानी पिसानी गर्न सकिने संचालक देबिराम खनालको भनाई छ । उहाँका अनुसार ग्राहकहरुले यस अघिका अन्य मिलमा लाग्ने शुल्क मै यहाँ पनि सेवा पाउने जानकारी दिनुभयो । ८ वटा छुट्टाछुट्टै मेसिनको जडानबाट संचालन गरिएको यो मिलमा एकैपटक सबै मेसिन संचालन गर्न सकिने खनालले बताउनुभयो । पछिल्लो समय मानिसहरुको समय व्यस्तता र छिटो सेवा खोल्ने बानीका कारण आधुनिक प्रविधिको समय विकास भएको अवस्थामा अफूले वडामा यो प्रविधि भित्राएको उहाँको भनाई छ । देउराली कुटानी पिसानी मिलमा तेलहन बालीको कुटानीका लाग दुई छुट्टाछुट्टै मेसिन जोडिएको छ भने धान, गहुँ, मकै, लगाएतका अन्य खाद्यान्नको कुटानी पिसानीका लागि अलग अलग मेसिन राखिएको छ । यी मेसिनमा हुने कुटानी पिसानीबाट छोटो समयमा प्रभावकारी पिसानी हुने संचालकको दाबी छ । खनालका अनुसार यो मिल संचालनका लागि झण्डै २५ लाख बढीको लागत छ ।
हकका लागि आफूले उच्चतम सेवा प्रवाह गर्ने र एक पटक आउने सेवा ग्राहीहरुले यी मेसिनबाट गरिएको कुटानी पिसानलाई अन्य भन्दा फरक पाउने पनि उहाँको भनाई छ । हरेक मिलका लागि अलग अलग विद्युतीय मोटर जडान गरिएका कारण सबै मेसिनलाई अलग अलग चालउन सकिने प्रविधि छ । थोरै समयमा धेरै काम गर्न सकिने र ध्वनी प्रदूषणका हिसाबले समेत यी मेसिन कम असरदार रहेको बताइएको छ ।
सोमबार मिलको उद्घाटनका लागि वडा अध्यक्ष पौडेल सहित वडा सदस्य चुरामणी अर्याल, स्थानीय समाजसेवीहरु भिमबहादुर पुन, रशम के.सी लगाएतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
यस अघि साया कलेक्सनका रुपमा फेन्सी पसल संचालन गरेका खनालले अहिले सोही स्थानमा साया कलेक्सनसँगै देउराली कुटानी पिसानी मिल पनि संचालनमा ल्याएका हुन ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया