

अपर तामाकोशीको शेयरमा आवेदन दिने आज अन्तिम मौका



अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले सर्वसाधारण समूहको बितरण नगरेको १ करोड ७० लाख १९ हजार ५३० कित्ता हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ प्रतिकित्ता तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गर्नुपर्नेछ । सो शेयर खरिद गर्न योग्य एवम् इच्छुक जोकोहीले खरिद गर्न चाहेको शेयर सङ्ख्या र सोको मूल्यसमेत खुलाई आज बैङ्किङ समयसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गरिसक्नु पर्नेछ ।
आवेदन कम्पनीको धितो पत्र निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष, नयाँ बानेश्वर, काठमाडौँ वा सह निष्काशन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड कमलपोखरी काठमाडौँ साथै, लक्ष्मी सनराईज बैंकका अन्य तोकिएका शाखा कार्यालयमा पेश गर्न सकिनेछ ।



खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया