
कपिलवस्तुमा ६ महिनामा २६ को सवारी दुर्घटनामा परी मृत्यु

कपिलवस्तु । पछिल्लो ६ महिनाको अवधिमा कपिलवस्तु जिल्लामा मात्रै २६ जनाले दुर्घटनामा परी ज्यान गुमाएका छन् । कपिलवस्तु ट्राफिक प्रहरी कार्यालयको आर्थिक वर्ष २०८०/ ८१ को तथ्याङ्क अनुसार ६ महिनाको अवधिमा जिल्लाभित्र १०२ दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी २६ को मृत्यु भएको तयाङ्क छ ।
सबैभन्दा बढी दुर्घटना दुई पाङ्ग्रे (मोटर साइकल ) बाट ८३ वटा दुर्घटना भएको पाइएको छ । ट्रकबाट २ जनाको मृत्यु भएको छ भने बसबाट २ जना, जिपबाट २ जना, ट्याक्टरबाट २ जना र अन्यबाट २ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख निरीक्षक अनीश भण्डारीले जानकारी दिए ।
दुर्घटनाबाट मृत्यु हुनेमा पुरुष १६ जना रहेका छन् भने ६ जना महिला , बालक ३ जना र १ जना बालीका रहेको ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।
दुर्घटना भित्री सडकमा बढी भएको पाइन्छ भने दुर्घटनाको प्रमुख कारण चालको लापरवहि , मादक पदार्थहरू सेवन गरेर गाडी चलाउने, तीव्र गतिमा गाडी चलाउने, पैदल यात्रीहरूमा जनचेतनाको कमीले गर्दा दुर्घटना बढी भएको प्रहरीले बताएको छ ।
६ महिनाको अवधिमा २० हजार ७६ सवारी र ढुवानीका साधनहरु कारबाहीमा परेको ट्राफिक प्रमुख भण्डारीले जानकारी दिए । यात्रु र चालकको सुरक्षाको लागि नियम उल्लङ्घन गर्ने ढुवानी तथा सवारी साधनलाई कारबाही गरेको ट्राफिक कार्यालयले जनाएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया