

चालु आर्थिक वर्षको चैत्रभित्र दूध किसानको बक्यौता रकम भुक्तानी हुन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले चालु आर्थिक वर्षको चैत्र महिनाभित्र दूध किसानहरूको बक्यौता रकम भुक्तानी हुने बताएका छन् ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट राष्ट्रको नाममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री दाहालले कृषि क्षेत्रमा दिइँदै आएको अनुदानलाई उत्पादनमा आधारित भएर वितरण गर्ने योजना सरकारको रहेको समेत बताए । उनले कृषि क्षेत्रको रूपान्तरणका लागि सरकारले २०८१ देखि २०९१ सम्मलाई कृषि क्षेत्रको लगानी दशकको रूपमा अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे ।
प्रधानमन्त्री दाहालले वास्तविक किसानलाई कृषिमा सहुलियत ऋणको व्यवस्था गर्न सरकार लागि परेको पनि बताए ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया